२०८१ बैशाख १६, आईतबार
मुक्तक,,
जति फेरिए पनि सरकार दिक्क लाग्न थाल्यो
आज भोली त लगातार दिक्क लाग्न थाल्यो
छिमेकीले आफ्नै अघि आफन्तको हत्या गर्दा पनि
मौन रहिरहन्छ बालुवाटार दिक्क लाग्न थाल्यो
देशलाई ओझेल पार्ने कुराकानी बन्द गरियोस्
जनतासँग झुटो बोल्ने त्यो बानी बन्द गरियोस्
के साँच्चै देशकाे अवस्था फेर्ने हो भने सरकार
अब त्यो आफ्नै मात्र मनोमानी बन्द गरियोस्
कसैले छिट्टै अनि कसैले ढिलो खाएछ
गुलियो नपाएर कसैले अमिलो पाएछ
कति भोकाएका होलान् यी खन्चुवाहरू
बाहिरबाट घर नपुग्दै बाटैमा हिलो खाएछ
कहाँ होला मेरो घर केही थाहा छैन
परिवारको हालखबर केही थाहा छैन
म पनि मान्छे हुँ तर बनबास किन भई दियो?
कस्तो लाग्यो यो रहर केही थाहा छैन
जति फेरिए पनि सरकार दिक्क लाग्न थाल्यो
आज भोली त लगातार दिक्क लाग्न थाल्यो
छिमेकीले आफ्नै अघि आफन्तको हत्या गर्दा पनि
मौन रहिरहन्छ बालुवाटार दिक्क लाग्न थाल्यो
गर्छौ कुर्सी तानातान कहिलेसम्म सरकार?
भ्रष्टाचार गर्ने बानी कहिलेसम्म सरकार?
छिमेकीबाट एउटा गरीब आफन्त मारिँदा पनि
न्याय दिन आनाकानी कहिलेसम्म सरकार? लागि रहन्छ मनमा पीर के पाे हुने हाेला
प्रेमिकाले छाेएकाे शरीर के पाे हुने हाेला
प्रेम गर्न मन मिल्यो बिहे गर्न जात मिलेन
अन्तरजातीय प्रेमीकाे शिर के पाे हुने हाेला
मेरो छानो तिम्रो घर स्तर मिलेन है
मेरो गाउँ तिम्रो सहर स्तर मिलेन है
पिरतीमा मन हैन धन आवस्यक रहेछ
म गरीबसँग सकभर स्तर मिलेन है
यस्तै हुन्छ जहिले पनि भन्न सकिँदैन
तिमीलाई माया गर्छु भनी भन्न सकिँदैन
डर हो की लाज हो यो प्रेम प्रस्ताव राख्न
बसि रहन्छु दिन-दिन गनि भन्न सकिँदैन
रमेश भण्डारी
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी