२०८१ कार्तिक २५, आईतबार
महेन्द्रनगर:
दार्चुला–तिंकर सडक निर्माणका क्रममा भारतीय पक्षबाट हुने अवरोध रोक्न प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, कर्णाली करिडोर खुलालु–लैफु–सलिसल्ला तथा दार्चुला टिंकर कोठधार टिंकर सडकखण्डको नेपाली सेनाका आयोजना प्रमुख लगायतसँगको छलफलपछि समितिले सो निर्देशन दिएको हो । समितिमा भएको छलफलमा नेपाली सेनाका प्रतिनिधिहरुले दार्चुला तिंकर सडक खण्डको सडक रेखाङ्कन महाकाली नदीको किनारमा भएकोले अधिकांश स्थानहरुमा ब्लास्टिङ गर्दा ढुङ्गाका टुक्राहरू सिमापारी जाने भएकोले समय–समयमा भारतीय पक्षबाट अवरोध हुने गरेको बताए। समितिले सो ट्रयाक निर्माणमा भारतीय पक्षबाट काम प्रभावित हुने देखिएको भन्दै समितिले भारतीय पक्षसँग समन्वय गरी निर्वाध रुपमा काम गर्ने वातावरण तयार गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, रक्षा मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी