२०८१ चैत्र १५, शुक्रबार
कञ्चनपुर:
कञ्चनपुरमा रहेका अवैध भुसे ईटा उद्योग सरक्षणमा सरकार नै देखिएको छ ।
जिल्लामा अझैपनि अवैध भुसे ईटा उद्योग संचालनमा छन, तर बन्द गर्न वा स्तर बृद्धि गर्नका लागि सरकार तदारुकता देखाएको छैन, बरु उल्टै सरक्षणमा जुटेका छन ।
पश्चिम आजडटकले अझैपनि भुसे ईटा उद्योग संचालनमा आएको समाचार प्रकासित गरेपछि सुप प्रदेश सरकार अन्र्तरत घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरले भीमदत्त नगरपालिका सहित भीनपा ८ सम्बन्धीत भुसे ईटा उद्योगलाई पत्र नै काटेर बन्द गर्न १२ माघसम्म समय दिएको भएपनि झन निर्वाध रुपमा संचालनमै रहेका छन । यसबाट पनि स्थानीय सरकार र सम्बन्धीत निकायले देखावटी पत्र काटेर बन्द गर्न निर्देशन दिएपनि भित्रभित्र संचालनमै रहेको स्थानीयले बताउँछन ।
घरेलुले उच्च अदालत दिपायल महेन्द्रनगर इजलास ०७९भदौँ ६ गतेको फैसलाले दर्ता खारेजी भईसकेका भुसे उद्योग बन्द गर्दै स्तरबृद्धि गर्न फैसला बिरुद्धमा खुलेयाम ईटा उद्योग संचालनमा आएका छन ।
यसरी अदालतको अपहेलना हुने गरेर राजनैतिक, आर्थिक, एव प्रंशासनिक पहुँचका आधारमा भुसे ईटा संचालनमै रहेका हुन ।
यस अघि भुसे ईटा संचालन गरेर अहिले चिम्नीमा स्तर बृद्धि गरेका जिल्ला उद्योगीले अझैपनि भुसे ईटा उद्योगका संचालकहरुलाई केही गिरोहले सरक्षण गरेको बताएका छन ।
आफैले माघ १२ गतेसम्म भुसे ईटा उद्योग बन्द गर्नका लागि पत्र काटेको घरेलु तथा साना उद्योग कार्यालय आफै ब्याक भएको छ । यस्तै भीनपा ८ वडा कार्यालयले पनि घरेलुको पत्रलाई हवाला दिदै यता कानुन पालना गरेको जस्तो देखिने उता उद्योगी मिलेर बन्द गर्न पछि गरेको स्थानीयको आरोप छ ।
घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका निमित्त प्रमुख राजेन्द्र प्रशाद भट्टले यस विषयमा आफुले बोल्न समेत नचाहेको धारणा दिएका छन । उनले कार्यालयले नियमन गर्ने कार्यमा आफु मौन बसेको बताएका छन । उनको मौनताले भुसे ईटा उद्योगको पक्षमा देखिएको सर्वसाधारणको बुझाई छ ।
भीनपा ८का वडाध्यक्ष मदन राज मिश्रले देखावटी पत्र मात्रै काटेपछि भुसे ईटा उद्योग झन खुसी भएका छन । पत्रका लागि पत्र मात्रै काटेको तर, बन्द वा स्तर बृद्धिका लागि स्थानीय सरकार मौन बसेपछि भुुसे ईटा उद्योग झन मौलाएका छन । स्थानीयले भुसे ईटा उद्योगले गाँउमा प्रदुषण ल्याएको भन्दै बन्दको पटक पटक माग अघि सारेपनि उनीहरुको पहुँचका कारण बन्द भन्दा झन गुणस्तरहिन ईटा उत्पादन गरिरहेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय