२०८१ आश्विन २, बुधबार
झलारी:
शुक्लाफाँटा नगरपालिकाले सडक क्षेत्र खाली गर्ने भएको छ। बिहीबार बसेको कार्यपालिका बैठकले सडक अधिकार क्षेत्रभित्र अनाधिकृत रुपमा राखिएका संरचना हटाउने निर्णय गरेको हो ।
शुक्लाफाँटास्थित पूर्वपश्चिम राजमार्गमा बनाइएका तथा राखिएका संरचना, सामाग्री, खोकाछाप्रा, टहरा, निर्माण सामाग्री, प्रचारप्रसार सामाग्री हटाइने नगरपालिकाले जनाएको छ।
सडकमै व्यापार सञ्चालन हुँदै आएका कारण बजार र राजमार्गको सौन्दर्य कुरुप बन्दै गएको, सडक दुर्घटना वृद्धि, आवागमनमा असहज भएको भन्दै सडक अतिक्रमण हटाउन लागिएको नगर प्रमुख रण बहादुर महराले बताए ।
अनाधिकृत संरचना हटाउन पटक–पटक सुचना जारी गर्दा समेत अटेर गरिएपछि शुक्रबार जनप्रतिनिधिहरुले सडकमा पर्ने संरचना हटाउन आग्रह समेत गरेका थिए।
‘हामीले सडक अधिकार क्षेत्रभित्र रहेका अनाधिकृत संरचना हटाउन पटक–पटक तोकता गरेपनि व्यवसायीहरुले वेवास्ता गरेपछि बाध्य भएर आफै संरचना हटाउन लागेका हौँ,’ नगर प्रमुख महराले भने, ‘अनाधिकृत संरचनाका कारण बजारको सौन्दर्य कुरुप बन्नुका साथै सडक दुर्घटनाको जोखिम बढेको छ भने सवारी आवागमनमा समेत असहज भइरहेको छ ।’
अनाधिकृत रुपमा राखिएका संरचना हटाउन आवश्यक सहयोगका लागि नगरपालिकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, सडक डिभिजन महेन्द्रनगर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघलाई आग्रह समेत गरेको छ ।
यसैबीच सडक अधिकार क्षेत्रभित्र अनाधिकृत रुपमा राखिएका संरचना तथा सामग्री हटाउने कार्यका लागि वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक गणेश बिकको संयोजकत्वमा सबै विषयगत समितिका संयोजकहरु, सडक डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ, होटेल व्यवसाय संघ, ईलाका प्रहरी कार्यालय, शसस्त्र प्रहरी बलका प्रमुख वा प्रतिनिधि सदस्य र नगरपालिकाका ईन्जिनियर सदस्य सचिव रहने गरि सहजीकरण समिति गठन गर्ने निर्णय गरिएको छ ।
यही जेठ २० गते भित्र सडक डिभिजन कार्यालयले पूर्व पश्चिम राजमार्गको सडक अधिकार क्षेत्रको केन्द्र बिन्दुबाट २५ मिटर दाँया बाँया सडक क्षेत्र रेखाङ्कन कार्य गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी तोकिएको समय सिमा भित्र सडक क्षेत्राधिकार भित्र राखिएका सम्पूर्ण संरचना ,वस्तु, एवं सामग्री ९खोकाछाप्रा, टहरा, ठेला, सिढी, व्यवसायीक सामग्री, निर्माण सामग्री, प्रचारप्रसार सामग्री आदि० नहटाएमा जेठ २२ गते मंगलबार बिहान ७ बजे देखी वनसमिति बजार हुदै कलुवापुर बजार सम्मका सम्पूर्ण सामाग्रीहरु सडक डिभिजन कार्यालयको समन्वयमा नगरपालिकाको नियन्त्रणमा लिईने छ।
पूर्व पश्चिम राजमार्ग गर्जमुनी देखी कलुवापुर सम्मका सडक दाँया बाँया रहेका खाल्डा खुल्डी, सडक र्ममत र झलारी बजार महेन्द्र राजमार्गको दक्षिण पट्टी सुनवरा नदीको सडक पुल देखि करिब ६ सय मिटर पश्चिम सम्मको सडक नाली मर्मत सम्भार गर्नु पर्ने भएकाले सडक डिभिजन महेन्द्रनगरलाई मर्मत सम्भारका लागि अनुरोध गर्ने निर्णय समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताए ।
सडक अतिक्रमण हटाउदा प्रयोग हुने सवारी साधनहरु(जेसीवी , टिप्पर , ट्याक्टर) व्यवस्थापन सडक डिभिजन कार्यालय महेन्द्रनगरले गर्ने र थप सवारी साधन आवश्यक भएमा नगरपालिकाले सम्बन्धित निकाय संग समन्वय गरि व्यवस्था गर्ने निर्णय गरिएको छ ।
शुक्लाफाँटा उद्योग वाणिज्य संघ र होटेल व्यवसायी संघले सडक क्षेत्राधिकार भित्र अनाधिकृत रुपमा राखिएका संरचना हटाउन गठित सहजिकरण समितिका सबै पदाधिकारी सहितको उपस्थितीमा समन्वयात्मक बैठक राखि सहजिकरण गर्ने र उल्लेखित निर्णयहरुको सूचना प्रवाह गर्ने जिम्मा स्थानीय सञ्चारकर्मीहरुलाई दिने निर्णय गरिएको छ ।
सडक अतिक्रमण हटाउदा आवश्यक पर्ने सम्पूर्ण सुरक्षाको जिम्मा ईलाका प्रहरी कार्यालय झलारी र सशस्त्र प्रहरी बल नेपाल नं।३५ शैलेश्वरी गण वनसमितिलाई दिइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी