२०८१ भाद्र ३१, सोमबार
महेन्द्रनगर:
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको मदन चोकमा विद्युत पोलहरु सडकमै गाडिएका छन् । भीमदत्त नगरपालिका वडा नं. ४ मा पर्ने उक्त मदन चोक क्षेत्रमा विद्युत लाई तान्नका लागि प्रयोग गरिने पोलहरु वडाध्यक्ष शुशिल कुमार भट्ट लगायतको दवावमा सडकमै गाड्न बाध्य भएको ठेकेदार भूपेन्द्र सिंहले बताए ।
एसियाली विकास बैंक (एडिबी) ले महेद्रनगरमा आधुनिक सडक निर्माण गर्दैछ । उक्त परियोजना अन्र्तगत महेन्द्रनरमा सडक निर्माण लगायत सहर सुन्दर बनाउँने थुप्रै कार्यहरु चरणबद्ध छन् । यद्यपी मदन चोकका २२ सटर तोड्न नै दुई वर्ष भन्दा बढी समय लाग्यो । गुणस्तरिय एवं फराकिलो सडक बनाउनका लागि २२ सटर तोडिए पनि भीमदत्त–४ का वडाध्यक्ष भट्ट लगायतका केहि नेताहरुकै कारण विकासमा अड्चनको प्रयास भइरहेको छ ।
महेन्द्रनगरमा एडिबीले निर्माण गरेको अन्य सडकमा समेत विद्युत पोलहरु बाटोमै पारिएको छ । त्यस्ता अधिकांश गतिविधी भीमदत्त–४ मा भएको पाइन्छ । पहिले मदन चोक देखि टेलिकम सम्मको सडकखण्डमा सडकको बिचमै पोल पार्ने काम गरियो, भने अहिले महेन्द्रनगर बजारको केन्द्रमा निर्माणाधिन सडकको बिचमा विद्युत पोल गाड्ने काम गरिदै छ ।
वडाध्यक्ष भट्ट लगायतकै नेताहरुको दवावमा उक्त विद्युत पोलहरु सडकमागाड्न बाध्य भएको ठेकेदार भूपेन्द्र सिंहले बताए । ‘मैले किन सडकमा पोल हाल्नु हजुर ।’ ठेकेदार सिंहले भने, ‘वडाध्यक्ष लगायतका अन्य नेताहरुलाई सोध्नु, मैले त उनिहरुले जस्तो भन्यो त्यस्तै पोल गाड्ने काम हो ।’
सडकमा पोल गाड्ने कार्यको सर्वत्र विरोध हुँदै आएको छ । विद्युत पोललाई सडकमा हालेर नगरपालिका आफैले मापदण्ड विपरित कार्य गरिरहेको जनाउँदै सर्वत्र विरोध हुनथालेको हो ।
यस विषयमा कञ्चनपुरका सम्पुर्ण विद्यार्थी संघ संगठन, नागरिक समाज र राजनीतिक दलहरुले बिरोध जनाएका छन् । एडिबीको मापदण्ड विपरित कार्य भइरहेको र उक्त कार्यले सडक दुर्घटना समेत निम्तिन सक्ने जनाउदै विरोधका आवाज उठ्न थालेका हुन् ।
सडक विद्युत पोल गाड्नु भनेको बजारको सौन्र्दयिकरण बिगार्नु र दुर्घटनाका घटनालाई पश्चर्य दिनु भएको कान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका युवा नेता दिपेन्द्र ऐरीले बताए । ‘सडक अतिक्रमण गरेर विद्युत पोलहरु गाड्नु भनेकै दिनँहु दुर्घटना निम्त्याउनु र बजारको सौन्र्दयिकरण बिगार्नुु हो ।’ उनले भने, ‘तसर्थ यो कार्य तत्काल रोक्नुपर्छ ।’
त्यस्तै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सञ्जय अधिकारीले पनि उक्त कार्य तत्काल रोक्नुपर्ने बताएका छन् । ‘एडिबीको मापदण्ड मिचेर सडकमा विद्युत पोल गाड्नु गलत हो ।’ केन्द्रीय सदस्य अधिकारीले भने, ‘यो काम क–कस्को स्वार्थमा हुँदै छ, सडकमा पोल गाड्ने कार्य तुरुन्तै रोक्नुपर्छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी