२०८१ भाद्र २८, शुक्रबार
महेन्द्रनगर:
भीमदत्त नगरपालिकाले मदनचोक क्षेत्रका २२ सटर भत्काउन सुरु गरेको छ । केही दिन अघि पसल खाली गराएपछि आइतबार साँझदेखि सटरहरु भत्काउन थालिएको हो ।
एशियाली विकास बैंंक(एडीबी) को क्षेत्रीय सहरी विकास अयोजना अन्र्तगत मदनचोक क्षेत्रमा निर्माणाधिन सडकका लागि २२ सटर बाधक देखिएका थिए । ती सटरका कारण मदचोकदेखि होटेल ओपेरा रोडसम्म निर्माण कार्य रोकिएको थियो ।
भीमदत्त नगरपालिकाले डोजर लगाएर सटर भत्काउन थालेको छ । आज विहानदेखि दुई डोजर प्रयोग गरिएका छन् । आइतबार साँझ एउटा डोजरले खानेपानी कार्यालय प्रवेशद्वार नजिकको पसल भत्काएको थियो ।
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता पदमराज अवस्थीले सटर भत्काएपछि सडक निर्माण कार्य सुरु गरिने बताए । ‘अहिले सटर भत्काउने कार्य सुरु भएको छ , सटर भत्काईएपछि सडक निर्माण कार्य अघि बढ्छ’ उनले भने ।
भीमदत्तले अवस्थीलाई नगर प्रवक्ताको जिम्मेवारी दिएपछि पत्रकारहरुसित गरिएको परिचयात्मक कार्यक्रममा उनले फागुन पहिलो साताभित्र सटर भत्काउने वाचा गरेका थिए । त्यस अनुसार सटर खाली गरी अहिले भत्काउन थालिएको हो ।
मदनचोक व्यवसायीले सटर खाली गरी सडक निर्माण अघि बढाउन विरोधका विभिन्न कार्यक्रम गरी नगरपालिकालाई दबाव दिएका थिए । सडक क्षेत्रमा रोपाईदेखि मेयर पदम बोगटी उप मेयर निलम लेखक जोशीको तस्बिर सहितका ब्यानर सडकमा राखेर प्रदर्शन र पछिल्लो पटक यस व्यङ्ग्यात्क रुपमा यस क्षेत्रको नाम ढुङ्गे बजार राखेर दबाव दिइएको थियो ।
भीमदत्त नगरपालिकामा तीन वर्ष अघि महेन्द्रनगर बजार क्षेत्रमा एडीबीको सडक निर्माण सुरु भएपछि सटर खाली गराउने प्रयास गरिएको थियो । भीमदत्त नगर विकास समिति मातहतका ती सटरमा व्यवसाय गर्दै आएका व्यवसायीले व्यवस्थापको माग राखेपछि खाली गर्न ढिलाई भएको हो । भीमदत्त नगर विकास समिति र व्यसवसायीबीच व्यवस्थापन गर्ने सहमतिमा सटर खाली गरिएका हुन् ।
भीमदत्त नगरपालिकाले व्यवसायीको व्यवस्थापनका लागि अध्ययन गर्न गत वर्ष वडा अध्यक्ष सुशिल भट्टको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलले व्यवसायीको व्यवस्थापन हुने गरी सटर भत्काउनु पर्ने प्रतिवेदन नगर विकास समितिमा दिएको थियो । वडा अध्यक्ष भट्ट नगर विकास समितिमा सदस्य छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी