२०८१ भाद्र ३१, सोमबार
काठमाडौँ:
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको सत्तारुढ गठबन्धनको बैठकले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर किनबेचप्रकरणमा गम्भीर छानबिन र छानबिन हुनुपर्ने निष्कर्ष निकालेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकले सो विषयमा छानबिन गर्न सरकार तयार हुनुपर्ने र मन्त्रिपरिषद्को बैठकले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले एनसेलको शेयर खरिद बिक्रीको सत्यतथ्य पत्ता लगाउन मन्त्रिपरिषद्को आगामी बैठकमा उच्चस्तरीय छानबिन समिति गठन गरिने जानकारी दिइन् । गठबन्धनका नेताहरूको समर्थनमा सरकारले यस विषयमा आवश्यक अनुसन्धान गर्ने निर्णय गरिसकेको छ ।
मन्त्री शर्माले उक्त घटनामा गठबन्धनका शीर्ष नेताको संलग्नता नरहेको पनि स्पष्ट पारे । उनले भनिन्, “शीर्ष नेता संलग्न भएको भए छानबिन हुने थिएन, सरकार विधिको शासन र राष्ट्रिय हितको रक्षाका लागि प्रतिबद्ध छ ।
बैठकमा प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा प्रकाशशरण महत, सञ्चारमन्त्री शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी