२०८१ आश्विन २, बुधबार
कञ्चनपुर:
जिल्लाको दक्षिणी क्षेत्रमा आयोजना हुने आठौं लालझाडी कप फुटबल प्रतियोगिता २०८० को भब्यताका साथ उद्धघाटन भएको छ। कञ्चनपुर जिल्लाकै सर्वाधिक धनराशिको पुरस्कार रहेको मोहन गुरुङ स्मृति आठौं लालझाडी कप जिल्ला स्तरीय नकाउट फुटबल प्रतियोगिता २०८० को उद्धघाटन सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपक बहादुर सिंहले एक कार्यक्रमका बिच गर्नु भएको आयोजक क्लबका अध्यक्ष कासिराम बोहराले बताउनु भयो। उद्धघाटन खेल भेट्रान टिम लालझाडी युवा क्लब-११ र पुनर्वास-११ भेट्रान फुटबल टिम बिच भएको मैत्रीपुर्ण खेलमा पुनर्वास-११ ले ५-३ गोलले हराउदै बोका जितेको छ।
भोलि कार्तिक १६ गते दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो १ बजे सिद्धार्थ युवा क्लब र द रिभर साईट दोस्रो खेल एकता युवा समाज बेलडाँडी र राम युवा क्लब बिच दिउँसो ३ बजे हुने छ।प्रतियोगितामा १६ टिमको सहभागीता रहेको छ । दुई समुहमा ८-८ टिम बिभाजन गरिएको छ।
प्रतियोगिता कार्तिक १५ देखि २५ गते सम्म सञ्चालन हुने छ। प्रतियोगितामा प्रथम नगद पुरस्कार रु २ लाख ५० हजार र उपविजेता टिमले नगद पुरस्कार १ लाख २५ हजार पाउनेछन् ।प्रतियोगिताको उत्कृष्ट खेलाडी रु २० हजार र बिविध बिधा तर्फ रु दस / दस हजार पुरस्कार र प्रत्येक म्याच को म्यान अफ द म्याच ले रु २५ सय पाउने छन्। प्रतियोगिता कार्तिक १५ देखि २५ गते सम्म सञ्चालन हुनेछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी