२०८१ आश्विन २, बुधबार
महेन्द्रनगर:
नेपाल विद्यार्थी संघ कञ्चनपुरमा विवाद चर्किएको छ । नेवि संघका जिल्ला अध्यक्ष रमेश चटौतले जिल्ला समिति विस्तार गरेपछि बढेको विवाद समानान्तर कमिटीसम्म पुगेको छ ।
कञ्चनपुरबाट नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सात केन्द्रीय सदस्य सहित जिल्ला नेताको भेलाबाट शुक्रबार जिल्ला अध्यक्षमा नरेश पण्डितलाई चयन गरिएको छ ।
नेवि संघका केन्द्रीय सदस्य खेमराज जोशीले संघका क्रियाशिल नेता कार्यकर्तालाई बाहिर राखेर संगठन विस्तार गरिएको र त्यसलाई सच्याउन गरिएका आग्रह वेवास्ता भएकाले विद्यार्थी हितका लागि भेला गरी जिम्मेवारी दिइएको बताए ।
केन्द्रीय सदस्य जोशी सहित दिनेश शर्मा, इन्द्र साउँद, अमितजङ्ग कार्की, लोचन सिह कार्की, सञ्जय अधिकारी, शेषशैया कुमार विष्ट र मनोज भट्टले एक साता अघि संयुक्त विज्ञसप्त जारी विधान विपरितका गतिविधि गरिएको आरोप लगाएका हुन् ।
संयुक्त विज्ञप्तिमा काँग्रेस कञ्चनपुरलाई केन्द्रीय सदस्यले अध्यक्ष चटौत नेतृत्वको संघका गतिविधिमा संलग्न नभएर निष्पक्ष र अभिभाकीय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । शुक्रबार फेरि उनीहरुले संयुक्त विज्ञप्ति जारी पण्डितलाई अध्यक्ष चयन गरिएको सार्वजनिक गरेका छन् ।
नेवि संघ केन्द्रीय समितिले चटौतलाई ८ महिना अघि अध्यक्षको जिम्मेवारी दिएका थिए । जिल्ला अध्यक्ष चटौतले आफूहरुसित सल्लाह नगरी जिल्ला समिति विस्तार गरेको भन्दै केन्द्रीय सदस्यहरु असन्तुष्ट भएको काँग्रेस नेताहरु बताउँछन् ।
जिल्ल्ला अध्यक्ष चटौतले भने काँग्रेस कञ्चनपुर र संघका सबै नेतासित सल्लाह गरी समिति विस्तार गरेको दावी गरेका छन् ।‘जिल्ला समिति बनाउन सबैसित सल्लाह भएको हो, अहिले आएर विरोध गर्नुको कुनै तुक छैन’ केही दिन चटौतले भनेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी