२०८१ माघ १, मंगलबार
अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ । तर, माथिबाट पहिरो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन चुनौती भईरहेको छ । गएराति आएको बाढिले गोदावरी नदी किनारमा रहेका पसल तथा अस्थायी टहराहरु बगाएको छ ।
विगत लामो समयदेखि गोदावरी नदी किनारको मन्दिर क्षेत्रमा व्यापार गर्दै आएकाहरुले सोमवार राति देखि परेको अविरल वर्षाका कारण आएको बाढिले सबै पसल तथा सामान वगाएर लगेको बताएका छन ।
अवरुद्ध रहेको बाटो डोजर र स्काइभेटर प्रयोग गरी पहिरो पन्छाउने काम भईरहेको छ भने अशक्त विरामी हरुलाई नेपाली सेनाले वारी, पारी गराउन मद्दत गरिरहेको छ । संघीय सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख हरि प्रसाद सुवेदीले अत्तरिया-डडेल्धुरा सडक खण्डको विभिन्न क्षेत्रमा गएको पहिरोले वाटो अवरुद्ध भएको र कैलालीको बुढितोलामा करिव ४ सय मिटर बाटो नै भासिएकोले अवरुद्ध वाटो खोल्न केहि दिन लाग्ने बताएका छन ।
उनले तराईबाट ७ पहाडी जिल्ला जोड्न एक मात्र भीमदत्त राजमार्ग भएकाले यात्रुहरुलाई असहज हुने तर कार्यालयको तर्फवाट जति सक्दो चाडो बाटो सुचारुका लागि तिब्र गतिमा काम गर्ने बताएका छन ।
अबिरल बर्षाका कारण सडकमाथि बाट पहिरो आई सोमबार राती १२ बजे देखि सडक पुर्ण रूपमा अवरुद्ध भएको हो । सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा आउने सवारी साधन र तराईका जिल्ला तथा काठमाण्डौंका लागि छुटेको सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
अछामबाट धनगढी आउदै गरेका यात्रु रेमन्त कुमार भुलले सडक अवरुद्ध भएपछि आफुले ६ किलोमिटरसम्म कष्टकर पैदल यात्रा गरेर गन्तव्यसम्म पुग्न सवारीसाधनको खोजीमा रहेको बताउछन ।
‘यात्रुहरु हिन्दै गन्तब्य पछ्याईरहेका छन् , उनले भने, ‘उद्दार हुने कुनै पहल भएजस्तो लाग्दैन ।’ भीमदत्त राजमार्गको पहिरो हटाउने कार्य यहि गतिमा हुने हो भने पुर्ण रुपमा राजमार्ग सूचारु हुन अझै कम्तिमा पनि एक साता लाग्ने देखिन्छ । बाटो समयमै सञ्चालनमा नआउने हो भने खाद्यान्न लगायत विरामीहरुलाई समेत समस्या पर्ने देखिन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय