२०८१ आश्विन २, बुधबार
कंचनपुर:
लोकप्रिय निर्देशक अर्थात डान्स प्रशिक्षक भनेर चिनिने दिनेश बोहराले कंचनपुरको सुडा मा “D.Star Dance Studio” सञ्चालनमा ल्याएका छन् । बिगत लामो समयदेखि डान्स प्रशिक्षकको क्षेत्रमा ख्याती कमाएका बोहराले नेपाली सांगीतिक क्षेत्रमा थप टेवा पुराउने उदेश्यले कंचनपुरको सुडा चोकमा “D.Star Dance Studio” सञ्चालनमा ल्याएका हुन् ।
“D.Star Dance Studio” उद्घाटनमा नेपाली गीत संगीत क्षेत्रका चर्चित मोडल तथा डान्सरहरुको उपस्थिति रहेको थियो । सो अवसरमा लोकप्रिय मोडल तथा डान्सरहरु ले शुभकामना दिए ।
दिनेश बोहराले विगत लामो समयदेखि डान्स सिकाउदै आएका थिएँ। हाल महेन्द्रनगर बजार मा डान्स स्टुडियो रहेको र हामीले यसलाई साखाको रुप् मा विस्तार गरेको बोहराले बताय अब स्थायीरुपले “D.Star Dance Studio” चलाउने उनको सोच रहेको छ।
दिनेश बोहरा “D.Star Dance Studio”मा बिभिन्न प्रकारका मौलिक नृत्य सहित अन्य प्रकारका नृत्यहरु सिक्न पाईन्छ । दिनेश बोहरा भन्छन् लगातार नृत्य सिकेपछि नाच्नै नजान्ने ब्यक्तिलाई पनि नाच्न सक्ने बनाउछु ।
अन्य कलाकारहरुले पारिश्रमिक बढाएर महंगो बनाएर सांगीतिक क्षेत्रलाई डुबाउन खोजेको गुनासो गर्दै आगामी दिनमा अरुले जे जस्तो गरेतापनि आफुले पारिश्रमिक नबढाएर सबैले भिडियो बनाउन सक्ने स्थिती श्रृजना गर्ने, यो क्षेत्रलाई पनि टिकाउने सोच रहेको करा बोहराले बताए ।
“D.Star Dance Studio”मा साउन १ गते सोमबारदेखी बिहानी कक्षा, दिवा कक्षा, रात्रीकालिन् कक्षा सञ्चालन हुने कुरा दिनेश बोहराले बताए । साथै सञ्चालन भएको केही महिना सम्म बिशेष छुटको ब्यवस्था भएको कुरा उनले बताए ।
मनिशा बोहरा का अनुसार कल्चर, वेश्टर्न, साल्सा, हिपपप, कन्टेम्पोरी, क्लासिकलगायतका डान्सहरु सिकाईने छ । भने नेपाल संस्कृति झल्कने खालका संस्कृतिको बारेमा पनि जानकारी गराईने छ ।
त्यस अबशरमा उनले पछिल्लो समय नेपाली संस्कृति लोप हुँदै गएको भन्दै त्यस्ता संस्कृति संरक्षण गर्न मद्धत पुग्ने समेत वताए । साथै ६ महिनामै उत्कृष्ठ डान्स गर्न सक्ने केहीलाई म्युजिक भिडियो खेल्ने अबशर पनि प्रदान गरिने उनले वताए । यस क्षेत्रमा हुने बिभिन्न मेला महोत्सबमा पनि संस्कृतिक प्रस्तुती राख्ने मनिशाले बताईन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी