• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० जेष्ठ २५, बिहिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

२

कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

३

कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

४

कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

५

स्वीडेनले ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

६

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरको विकासका लागि गरिएका सहमतीले सम्बृद्धिको अपेक्षा

७

शुक्लाफाँटा बुदोकैदोका खेलाडीले राष्ट्रिय प्रतियोगितामा जिते १० पदक

८

मन्त्री एनपी साउँदको आँडमा निकुञ्जको जग्गा अतिक्रमण, जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की

९

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि संघर्षको मैदानमा पूर्व सांसद भट्ट, भोलि चक्काजाम

१०

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

११

वेदकोटमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

१२

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष प्रकाश थापा जुवा खेल्दाखेल्दै पक्राउ

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

पश्‍चिम आजप्रकाशित मिति: २०८० जेष्ठ १२, शुक्रबार (१ हफ्ता अघि)

ठेकेदारले ठगेपछि (बेलडाँडी–दैजी) सडक आसैआसमा विते ८ बर्ष

  • १०८ पटक पढिएको
  • कञ्चनपुर:
    कञ्चनपुरमा हुलाकी सडक राजमार्ग विस्तारमा ठेकेदार कम्पनीले शुरुवाती दिनदेखि गर्दै आएको ढिलासुस्ती र लार्पबाही निरन्तर गर्दै आएको छ । राजमार्ग अन्र्तरगत (बेलडाँडी–दैजी)खण्डमा ठेकेदारले एक किसिमले सरकार जनता ढाट्दै आएको छ ।
    शुरुवातीदिनदेखि केही काम गरेजस्तो गर्ने, काम छाड्नेदेखि अधुरै छाड्ने प्रवृति अहिलेपनि रोकिएको छैन । कच्ची सडक र अधुरो काम गरेर छाड्दा दुर्घटना समेत निम्ताईरहेको छ । हिउँदमा हिलाम्मे, बर्षातमा हिलाम्मे सडकले यात्रु जोखिमा मात्रै होईन ज्यान गुमाईरहेका छन । केही समय अघि मोटरसाईकल दुर्घटना हुँदा घाईतेदेखि बालकले ज्यान गुमाएका थिए, तर पनि ठेकेदारले वास्ता नै राखेको छैन ।
    पाँचौँपटक थपिएको म्याद सकिनै लाग्दा पनि कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माणको कामले गति लिन सकेको छैन । निर्माण कम्पनीले काम नगर्दा राजमार्गको निर्माणाधीन तीनमध्ये दुई प्याकेजको काम ६ वर्षदेखि अलपत्र अवस्थामा छ । निर्धारित समयभन्दा दोब्बर बढी अवधिपछि एउटा प्याकेजको काम भने अहिले बल्ल सम्पन्न हुने चरणमा छ ।
    कञ्चनपुरमा हुलाकी राजमार्गको ६२ किलोमिटरलाई तीनवटा खण्डमा छुट्याएर काम भइरहेको छ । बेलौरीदेखि बेल्डाँडीसम्म २० किलोमिटर दोस्रो र बेल्डाँडी–दैजीसम्मको २२ किलोमिटर लामो तेस्रो खण्डमा पाँचौँपटक थप भएको अवधि आगामी असारमा सकिँदै छ । तर, कामले तीव्रता पाएको छैन । लामो समयदेखि राजमार्ग निर्माणको काम बन्द रहेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार केही दिन काम गरेर ठेकेदार हराउने गरेका छन् । ‘कहिलेकाहीँ दुई–चार दिन अलिअलि काम गर्छन, त्यसपछि लामो समयसम्म फर्केर आउँदैनन,’ बेल्डाँडी गाउँपालिका– १ का स्थानीय दिनेश ठकुराठीले भने, ‘ठेकेदार आफू फिल्डमा आउँदैनन, कामदारलाई भन्दाभन्दा थाकिसक्यौँ ।’ लामो समयदेखि सडक निर्माणकार्य अलपत्र हुँदा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ । निर्माणाधीन सडकमा गाडी गुड्दा उड्ने धुलोले सडकवरिपरिका घर सेताम्य छन र बर्षातमा हिलाम्मे भएका छन । नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता समेत रहेका जनक धामीले पानी पर्दा जम्ने हिलो र अरू वेला धुलोले हिँडडुल गर्न समस्या हुने गरेको बताए । उनले भने, ‘खाल्डाखुल्डीले गर्भवती, बिरामीलाई अस्पताल लैजान हामीलाई निकै समस्या छ । साढे दुई वर्षमा बन्नुपर्ने हो, ६ वर्ष भइसक्यो । ठेकेदार दोषी हो भने सरकारले कारबाही गर्नुर्पयो ।’
    भुक्तानी लिने समयमा मात्र काम भइरहेको देखाउनका लागि ठेकेदारले केही दिन कामदार पठाउने गरेको उनले बताए । बेल्डाँडी क्षेत्रमा अहिले पनि राजमार्ग निर्माणको काम रोकिएको उनले जनाए । राजनीतिक पहुँच भएका ठेकेदार भएकाले सडक निर्माणमा चरम लापरबाही हुँदा पनि सरकारले कारबाही गर्नुको साटो म्याद थप गर्दै आएको स्थानीयको आरोप छ । ‘ठेकेदार पहुँचवाला भए, स्थानीय जनप्रतिनिधिबाट पनि काम छिटो गर्नका लागि पहल हुन सकेन,’ ठकुराठीले भने, ‘हामी जनताका कुरा कसले सुनिदिने ?’ पहिलो र तेस्रो खण्डमा काम गरिरहेको राजेन्द्र निर्माण सेवा नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदको कम्पनी हो । हुलाकी सडकमा लार्पबाही गर्ने उक्त निर्माण कम्पनीलाई सरकारले कालोसुचीमा राख्नुपर्ने एमाले निकट राष्ट्रिय युवा संघका केन्द्रीय लेखा आयोग सचिव प्रविन बोगटीले बताए । काम नगर्ने पटक पटक पेश्की लिएर अन्यत्र लगाएर सडक अलपत्र छाड्ने कम्पनी बिरुद्धमा युवा संघले आन्दोलन छेड्ने चेतावनी दिए । ०७४ को स्थानीय तह निर्वाचनमा डडेल्धुराको पर्शुराम नगरपालिकाको मेयर निर्वाचित भएपछि साउदले यो कम्पनी परिवारका सदस्यको नाममा सारेका थिए । हुलाकी राजमार्गअन्तर्गत डोकेबजारदेखि बेलौरीसम्म २० किलोमिटर लामो पहिलो खण्डमा पनि यो कम्पनीले काम गरिरहेको छ । यो खण्डमा पाँचौँपटक थपिएको म्याद गत पुसमा सकिएको छ । कालोपत्रेको काम सकिए पनि तारजाली राख्ने लगायत केही काम बाँकी रहेका आयोजना कार्यालयले जनाएको छ । यो खण्डमा पनि साढे दुई वर्षभित्र काम सक्ने गरी ३६ करोड ४७ लाख लागतमा १ चैत ०७३ मा निर्माण सम्झौता भएको थियो । सिद्धिशाही नेपाली कांग्रेस डोल्पाका सभापति दीपेन्द्रबहादुर शाहीको निर्माण कम्पनी हो । साढे दुई वर्षमा सक्नुपर्ने काम ६ वर्षसम्म पूरा नहुँदा पनि राजनीतिक पहुँचका आधारमा निर्माण कम्पनीलाई सरकारले कारबाही गर्नुको साटो म्याद थप्दै आएको स्थानीयको आरोप छ । चौथोपटक थप गरिएको अवधिमा पनि काम पूरा नभएपछि आयोजना कार्यालयले गत असारमा सिद्धिशाही–बाबाहंश जेभी र शर्मा–राजेन्द्र जेभीलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको थियो । आयोजना कार्यालयले तत्काल काम नगरे ठेक्का तोडिने सूचना प्रकाशित गरेको थियो, तर असारमै सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेर पुराना सबै ठेक्काको म्याद एक वर्ष थप्ने व्यवस्था गरेपछि यी दुवै खण्डको अवधि पाँचौँपटक थप भएको हो । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सबिन जोशीले निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि दोस्रो र तेस्रो खण्डको काम सुस्त रहेको बताए । ‘असारसम्म म्याद छ । हामी सकेसम्म काम गराउने कोसिस गरिरहेका छौँ,’ जोशीले भने, ‘काम अगाडि बढेन र त्यतिन्जेल सकिएन भने कारबाहीको प्रक्रियामा जान्छौँ ।’ बेलौरीदेखि बेल्डाँडीसम्म २० किलोमिटर राजमार्ग निर्माणको ठेक्का सिद्धिशाही–बाबाहंश जेभीले लिएको छ । ४१ करोड साढे ४१ लाख लागतको यो सडकको काम ३० महिनाभित्र सक्ने गरी २ फागुन ०७३ मा सम्झौता भएको थियो । ६ वर्ष बित्दा भौतिक प्रगति ७५ प्रतिशत मात्र छ । त्यस्तै, बेल्डाँडी–दैजीसम्मको २२ किलोमिटर सडक शर्मा–राजेन्द्र जेभीले निर्माण गरिरहेको छ । ३८ करोड ५७ लाख लागतमा साढे दुई वर्षभित्र सक्ने गरी १ चैत ०७३ मा निर्माण सम्झौता भएको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ । यो खण्डमा पनि हालसम्म करिब ७५ प्रतिशत मात्र काम भएको आयोजना कार्यालयले जनाएको छ ।
    दुवै खण्डमा पाँचौँपटक थपिएको म्याद आगामी असारमा सकिँदै छ, तर कामको गति हेर्दा असारसम्म पनि काम पूरा हुने नदेखिएको आयोजनाका सूचना अधिकारीसमेत रहेका इन्जिनियर दीपक सुनारले बताए । सडक निर्माणमा ठेकेदारले चरम लापरबाही गरिरहेको उनले बताए । ‘काम गरिरहेको छ भनेर देखाउन दुवै खण्डमा ठेकेदारले केही मान्छे खटाएका छन्, तर खासमा काम भइरहेको छैन ।’ सुनारले भने, ‘यही गतिमा बाँकी काम सक्न अझै चार वर्ष लाग्छ ।’ ‘आँखामा छारो हाल्ने गरी’ काम भइरहेको उनले बताए । देखाउनका लागि कहिलेकाहीँ मात्र काम भइरहेको आयोजना कार्यालयले जनाएको छ । ‘हामीले ठेकेदारसँग पटक–पटक छलफल गरेका छाँै । असारसम्म काम सक्ने प्रतिबद्धता पनि जनाएका थिए । तर, प्रतिवद्धताअनुसार काम भएको छैन ।’ सुनारले भने, ‘निर्माण अवधि बाँकी रहेकाले काम गर्न दबाब दिनेबाहेक अरू कारबाही गर्न सकिँदैन ।’ तेस्रो खण्डमा रूख कटान आदेशका कारण केही महिना ढिलाइ भए पनि त्यसपछि भने ठेकेदारको लापरबाहीले ढिलाइ भएको उनले बताए । आयोजना कार्यालयका अनुसार अन्य ठाउँमा साइट क्लियरको समस्या थिएन । कैलालीमा पनि हुलाकी राजमार्ग स्तरोन्नतिको काम सुस्त छ । हुलाकी राजमार्ग र राजमार्गको लिंक सडक गरी कैलालीमा साढे ७३ किलोमिटर सडकलाई एक लेनबाट सात मिटर चौडा गरी दुई लेनमा स्तरोन्नति गर्ने काम भइरहेको छ । साढे ७३ किलोमिटर सडकलाई सातवटा खण्डमा छुट्याएर स्तरोन्नति भइरहेको हो । सबै खण्डको ३० महिनाको निर्माण अवधि सकिए पनि भौतिक प्रगति भने उत्साहजनक छैन ।
    हुलाकी सडक सयमै काम सक्नका लागि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र राना, बेलौरी नगर प्रमुख पोलिलाल चौधरी, पुर्वमन्त्री बिना मगर, संविधान सभा सदस्य समेत रहेका प्रदेश सभा सदस्य दिवान सिह विष्ट, प्रतिनिधी सभा सदस्य तारालामा तामाङ्ग, प्रदेश सभा सदस्य बिर बहादुर थापा(पातल) सहितका स्थानीय राजनीतिक दलले पटकट पटक माग गर्दै आएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • २ दिन अघि

    चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

  • २ दिन अघि

    कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

  • ३ दिन अघि

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

  • ३ दिन अघि

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

  • समाचार
  • १

    चन्द एमाले सुप प्रदेश सचिवालय सदस्यमा मनोनित

  • २

    कञ्चनपुरका कमल रोकाया बने अनेरास्ववियुको प्रदेश सहसंयोजक

  • ३

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

  • ४

    कार्यकर्ता पक्राउ गरेको बिरोधमा सोमबारदेखि राप्रपा आन्दोलन गर्दै

  • ५

    स्वीडेनले ‘सेक्स च्याम्पियनसिप’ प्रतियोगिता गर्दै

  • ६

    प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले सुदूरको विकासका लागि गरिएका सहमतीले सम्बृद्धिको अपेक्षा

  • ७

    शुक्लाफाँटा बुदोकैदोका खेलाडीले राष्ट्रिय प्रतियोगितामा जिते १० पदक

  • ८

    मन्त्री एनपी साउँदको आँडमा निकुञ्जको जग्गा अतिक्रमण, जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की

  • ९

    गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि संघर्षको मैदानमा पूर्व सांसद भट्ट, भोलि चक्काजाम

  • १०

    राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विवादास्पद नागरिकता विधेयक स्वीकृत

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution