२०७९ चैत्र १६, बिहिबार
झलारी। परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको आयोजनामा भइरहेको अध्यक्ष कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिका टिम फाइनल प्रवेश गरेकाे छ।
आज भएको महिलातर्फको भलिबल प्रतियोगितामा भागेश्वर माध्यमिक विद्यालयलाई हराउँदै शुक्लाफाँटा फाइनल प्रवेश गरेकाे हाे। सेमिफाइनल खेलमा शुक्लाफाँटाले भागेश्वरलाई ३–० सेटमा हराएको छ। अबकाे खेल बैतडी र सीवाइसी अत्तरियाबीच हुनेछ। त्यस खेलकाे विजेतासँग शुक्लाफाँटाले खेल्नेछ। भलिबल प्रतियोगितामा महिलातर्फ ९ टीमको सहभागिता थियाे। महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ सय ११, द्धितियले २५ हजार १ सय ११ र तृतिय हुने टीमले १३ हजार १ सय ११ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन्।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी