२०८१ बैशाख १३, बिहिबार
सादगीपूर्ण राजनीतिका पर्याय अम्बा दत्त जो हेभिवेट नेतासँग चुनाव लड्दैछन् । कन्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ मा स्थायी बसोबास गर्ने अम्बा दत्त तिवारीले निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन । सादगीपुर्ण जिबन र निष्ठाको राजनीति गर्दै आएका नेता तिवारी हेभीवेट नेताहरु संग चुनावी प्रतिस्पर्धामा छन् । एेतिहासिक जनअान्दोलनका घाइते तिवारीले लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दिएका हुन । उनीसँग सिमान्तकृत समुदायको अधिकारका लागि लामो समय राजनीति गरेको अनुभव छ । उनको निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रमेश लेखक र एमालेका नेता निरु पाल जस्ता हेभीवेटका नेता चुनावी प्रतिष्पर्धामा छन । चुनाव लडेका सबै जसो उम्मेदवार सवारी साधनमा प्रचार प्रसारमा व्यस्त हुदाँ तिवारी संभव भए सम्म हिँडेर र कहिलेकाही मोटरसाईकलमा बसेर प्रचार प्रसारका लागि हिंड्ने गरेका छन । २०६९ सालमा राष्ट्रिय मधेश समाजवादी पार्टी कन्चनपुरको संस्थापक अध्यक्ष बने । पार्टी समायोजन पछि अहिले उनी लोकतान्त्रिक समाजवादी पार्टीको जिल्ला प्रवक्ता छ्न् । प्रतिष्पर्धी उम्मेदवारमा चुनावी प्रचार प्रसार सवारी साधन र तड्क भड्कपूर्ण छ तपाईको प्रचार प्रसार कस्तो छ ? भन्ने प्रश्नमा उनले भने “साईकल र मोटरसाईकलमा हिडेरै आधा निर्वाचन क्षेत्रमा पुगेको छु । आधामा जान बाँकी छ । तड्क भड्क गर्ने नेताप्रति जनता नकारात्मक छन ।” आफुलाई मत दिन नसक्ने मतदाताले पनि आफ्नो राजनीतिक निष्ठा देखेर सहानुभुती राख्ने गरेको उनको अनुभुती छ । “राजनीति सेवा हो । मलाई राजनीति गरेकोमा कहिल्यै हिनताबोधको अनुभूति भएको छैन”– उनले भने । “निष्ठाको राजनीति कष्टकर छ । तिवारीले भने । आफुले निष्ठाको राजनीति गर्दा कष्टकर अवस्थामा भए पनि राजनीतिमा युवा पुस्ताको भविष्य देखेका उनले युवालाई नैतिकताको पक्षमा रहन आग्रह गर्दै आएका छन् । थारु, उत्पीडित र अल्पसंख्यकका पक्षमा निरन्तर आवाज उठाउन पाएकोमा आफुलाई सन्तुष्टी लाग्ने गरेको उनले अनुभव सुनाए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी