२०८१ मंसिर २९, शनिबार
बाँके
लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बांके हाल खजुरामा संचालित प्रहरी जवान ८–१११ ‘ख’ औं समुहको आधारभुत तालिममा सहभागी ९६ जना प्रहरी जवानहरु दिक्षित भएका छन् । ०७८ साल असोज १७ गते देखी संचालित प्रहरी जवान ८–१११ ‘ख’ औं समुहको २ सय ३४ कार्य दिनको आधारभूत तालिम पश्चात बिहीकार लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर बांकेको प्राङगणमा आयोजित एक विशेष कार्यक्रमकाबीच नेपाल प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश हाल नेपालगंज बांकेका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज विष्टको प्रमुख आतिथ्यतामा दिक्षान्त समारोह सम्पन्न भएको हो । दिक्षान्त समारोहमा ९६ जना प्रहरी जवानहरु दिक्षित भएका छन ।दिक्षान्त समारोहमा गणका प्रहरी नायब उपरीक्षक दामोदर के।सी।ले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गरी तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई नेपाल र नेपाल प्रहरी संगठनको परिचय, सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र बिद्यामान कानुन, प्रहरी युक्ती तथा कारबाही लगायतका बिषयमा प्रशिक्षण दिईएको जानकारी गराएका थिए । दिक्षान्त समारोहमा प्रशिक्षार्थीहरुलाई नेपालको संविधान बमोजिम लुम्बिनी प्रदेश प्रहरी गणका गणप्रमुख प्रहरी उपरिक्षक तुल बहादुर कार्कीले शब्दमा सफत ग्रहण गराएका थिए । प्रशिक्षार्थीहरुलाई तालिम अवधी भर लिईएको चरणगत परिक्षाको प्राप्ताङ्कका आधारमा सर्वप्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी जवान अर्जुन कुमार ओली सहित विभिन्न ७ बिधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु र तालिममा सहभागी प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश हाल नेपागंज बांकेका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिल्लीराज बिष्टले प्रमाणपत्र तथा नगद पुरस्कारद्धारा पुरस्कृत गरेका थिए । दिक्षान्त समारोहका प्रमुख अतिथी प्रहरी बरिष्ठ उपरीक्षक बिष्टले सदा सच्चा ईमान्दार र कर्तव्यपरायण , आफ्नो कर्तव्य पालनाको सिलसिलामा, जोश, स्फुर्ती र अनुशासनको माध्यमबाट सचेत भई भेदभाव र पक्षपात रहित आदर्श प्रहरी बन्न प्रयत्न गरी देश र जनताको सेवामा अहोरात्र खटिन साथै उनले कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापुर्वक, ईमान्दार र बफादारी भई उच्च मनोवलका साथ जनताको सेवामा खटिन दिक्षित प्रहरी जवानहरुलाई शुभकामना सहितको निर्देशन समेत दिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ,सुशील कोईराला मेमोरियल क्यान्सर अस्पताल प्रमुख, खजुरा गा।पा।प्रमुख तथा प्रतिनिधीहरु, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पूर्व प्रहरी कर्मचारीहरु, दिक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानका अभिभावकहरु, संचारकर्मी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी