२०८१ बैशाख ८, शनिबार
शुक्लाफाँटा:
बैशाख २४ माधव पन्त तत्कालीन नेकपा एमाले निकट विद्यार्थी संगठनका एक प्रभावशाली विद्यार्थी नेताका रुपमा परिचत थिए । नेकपाको विभिजन संगै माधव पन्त पनि नेकपा (एकीकृत समाजवादी) तिर लागे अहिले एकीकृत समाजवादी निकट विद्यार्थी संगठनका केन्द्रिय उपाध्यक्ष र पार्टी प्रदेश कमिटी सदस्य रहेका छन् । उनले आफ्नो राजनितीक यात्रा संगैै अध्ययनलाई पनि निरन्तरता दिदै आएका छन् । युवा नेता पन्त तत्कालीन अनेरास्ववियु कञ्चनपुरको अध्यक्ष, केन्द्रिय कमिटीको सचिव, शैक्षिक विभाग प्रमुख जस्ता पदमा रहेका थिए । अहिले समाजवादी पार्टी निकट अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष रहेका छन् । त्रिभुवन विश्व विद्यालयको अंग्रेजी र राजनिती शास्त्र विषयमा स्नातक, कुटनितीक इतिहास विषयमा पिएचडि स्कलर, कानुनमा स्नातक गरेका पन्त नगरको उप प्रमुख पदमा आफुले कुशल नेतृत्व गर्न सक्ने बताउछन् । शुक्लाफाँटा नगरपालिकाका क्षेत्रका महिला, बालबालीका, जेष्ठ नागरिकका लागी आफ्नो नेतृत्वमा समाजिक न्याय, समानता र जिवन स्तर सुधारका विभिन्न आयाममा आफुले काम गर्ने योजना रहको बताएका छन ्। कानुनमा स्नातक भएकाले आफु उमेदवार भएको पद नगर उप–प्रमुखमा न्यायको निरुपणका लागी सहज हुने बताउछन् । आफु निश्पक्ष न्याय र शुसाशन सहितको समृद्ध शुक्लाफाँटा नगरको पक्षमा भएको बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीेले शुक्लाफाँटामा नेकपा(माओवादी केन्द्र) संग चुनावी गबन्धन गरेको छ । गठबन्धन दलहरुले आफ्ना भागमा रहेका नगर प्रमुख र उप प्रमुख पदहरुमा तालमेल गर्दै नगर प्रमुख पद माओवादी केन्द्र र समाजवादीबाट नगर उप प्रमुख पद दिईएकोछ । दुई पद मध्येबाट एक पदमा अनिवार्य महिला हुनुपर्ने कानुनी बाध्यता छ । दुबै दलले एक पद छाडेपछि गठबन्धनमा दुबै दलबाट पुरुष उमेदवार परेका हुन । गत कार्यकालमा महिला, बालबालीका र जेष्ठ नागरिकहरुको लागी आवश्यक निती तर कार्यक्रम नबनेको बताउदै आफु यस विषयमा गम्भिर रहेको बताएका छन् । माधव पन्त संगै उस्तै हैसियत र शैक्षिक योग्यता बोकेका अर्को पार्टी नेकपा(माओवादी केन्द्र)बाट नगर प्रमुख पदका उमेदवारमा नवराज ऐर रहेका छन् । नवराज ऐरले त्रिभुव विश्व विद्यालयबाट कानुन र राजनिती शास्त्रमा स्नातक गरेका छन् । दुवै उच्च शिक्षा हासील गरेका युवा जोडीलाई नगरमा धेरैले अरु दल र स्वतन्त्र उमेदवारका तुलनामा अब्बल र योग्य ठहराई रहेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी