• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०७९ माघ २१, शनिबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

२

सीमामा सशस्त्र प्रहरीले स्थानीयलाई दुःख दिन्छः नगर प्रवक्ता बस्नेत

३

प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिभिन्न रोग बिशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

४

भन्सार र सशस्त्र प्रहरीले सेटिङ्ग गरेको अवैध समान प्रहरीको फन्दमा

५

बालिका यौनदुव्र्यवहार काण्ड : राजनीतिक दल, बाल संगठन, महिला अधिकारकर्मीद्वारा दोषिलाई कार्बाहीको माग

६

निलगाईले किसानको गहुँवाली नष्ट

७

दोधारा चाँदनीमा प्रहरीको ‘आत्महत्या न्युनिकरण’ सम्बन्धी सचेतना

८

शिवशिखर सहकारीमा लफडा शेयरधनी बचत रकम फिर्ता माग्दै आन्दोलित

९

दोधारा चाँदनीमा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाई

१०

त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

११

कञ्चनपुरमा जंगली जनावरबाट ‘अन्नबाली जोगाउन रातभरी’ जाग्राम

१२

नेपाल बिउ व्यसायी संघ समन्वय समिति कञ्चनपुर शाखाको कार्य समिति चयन

बन/पालिका

१

वेदकोट नगरपालिकामा अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गर्ने निर्णय

२

वडाध्यक्ष र वडा सचिवलाई विप्लवका कार्यकर्ताद्धारा कालोमोसो दलियो

३

दोधारा चादनी– ३ का टुहुरा, बृद्धबृद्धा गरिब तथा असाहयलाई कम्बल बितरण

४

बैतडीका विद्यालयमा किशोरकिशोरी मैत्री सूचना केन्द्र

५

कञ्चनपुरमा वडा ८ का सदस्य रक्सिले माते पछि रमिता

६

जनजातीले अबदेखी एमालेको कुनै पनि गतिबिधीमा भाग नलिने

७

अशक्त, असहायलाई घरमै पुगेर नागरिकता प्रदान गरिँदै

८

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

९

हात्तीको बथानले घर भत्काउँदा पीडित परिवारको बिजोग

१०

अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप

११

माओवादी केन्द्र भीमदत्त नगरको अध्यक्षमा अशोक चन्द

१२

जिल्लाको अधिबेशनमा लेखक प्यानलबाट सभापतिमा बोगटीको उम्मेदवारी

प्रकाशित मिति: २०७८ पौष ६, मंगलबार (१ साल अघि)

घरबासबाट मुक्तकमैंया परिवारका महिला आत्मनिर्भर

  • ६०४ पटक पढिएको
  • कञ्चनपुर । कृष्णपुर नगरपालिका– २ वाणिमा सञ्चालित विजयसाल सामुदायिक घरबास९होमस्टे० मा संलग्न महिला बेफुर्सदिला भएका छन् । घरबासमा बसाइँका लागि पाहुना पुग्न थालेपछि महिला बेफुर्सदिला भएका हुन् ।
    कोरोना महामारीका कारण बन्द जस्तै रहेको घरबास व्यवसाय पाहुना पुग्ने क्रमसँगै तङ्ग्रिन थालेको छ। कोरोनाको सङ्क्रमण घटेसँगै दैनिक पाँच देखि १० जनाको टोली घरबासमा पाहुनाका रुपमा पुग्न थालेको जनाइएको छ। घरबासमा बाह्यभन्दा आन्तरिक पाहुना बढी आउन थालेको घरबास व्यवसायमा संलग्न विस्पति चौधरीले बताए ।
    पाहुनाले स्थानीय जातका कुखुराको मासु, सुकाइएको माछाको सुकुटी, घोघिँ, ढिँक्रीसँगै अनदी चामलको भातको बढी माग गर्ने गरेका छन्। “घरबासमा पुग्ने पाहुनाको पहिलो रोजाइ नै स्थानीय जातको कुखुरा हुने गरेको छ”, चौधरीले भने, “त्यसकै स्वादका लागि जिल्लाभित्र र निकटवर्ती भारतीय क्षेत्रका पाहुना आउने गरेका छन् ।
    परम्परागत तरिकाले पकाएर कुखुराको मासु पस्किने भएकाले पनि पाहुना लोभिने गरेका उनले बताए। कुखुराको मासुसँगै दाल, भात ३५० मा उपलब्ध गराइँदै आएको छ। मासु नभएको सादा खानाको भने घरबास सञ्चालन गरेका महिलाले प्रति व्यक्ति रु १५० लिने गरेका छन् ।
    घरबासमै बास बस्ने पाहुनालाई खानाका अतिरिक्त ५०० शुःल्क लिइने गरिन्छ। बास बस्ने पाहुनाका लागि गुणस्तरीय होटेलकै जस्तो घरायसी वातावरणमा सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ। “थारु समुदायका सांस्कृतिक महत्व झल्काउने सखिया, छोक्रा, लठ्ठि, झुम्रा, मघौटालगायतका नृत्य हेर्न रुचाउने पाहुनाको टोलीबाट तीन हजार शुःल्क लिएर नृत्य देखाउने गरेका छौं”, स्थानीय परदेशनी चौधरीले भने, “थारु संस्कृतिमा रुचि राख्नेले नृत्यको माग गर्दछन्, त्यो माग थोरै मात्र आउने गरेको छ ।”
    घरबास सञ्चालन गर्दै आएका महिलाले पाहुनाको सत्कारमा लाग्ने सबै खर्च कटाएर मासिक रुपमा १५ हजार देखि रु २५ हजारसम्म आम्दानी गर्दै आएका छन्। हाल छ घरमा घरबास सञ्चालनमा छ । दुई घरमा छिट्टै घरबास सञ्चालनको तयारी गरिएको छ ।
    “घरबासमा जति बढी पाहुना पुग्छन्, जति धेरै बस्छन्, त्यसकै आधारमा आम्दानी समेत हुने गरेको छ, कुनै महिना धेरै आम्दानी हुन्छ, कुनै महिना थोरै पनि हुन्छ”, स्थानीय जमुना चौधरीले भने, “१५ हजारभन्दा बढी नै आम्दानी हुन्छ, कोरोनाको महामारीका बेला मात्रै घरबासमा पाहुना नपुग्दा सुनसान जस्तै थियो, अहिले पाहुना बढदै गएका छन्।” घरबासबाट आएको आम्दानीको १० प्रतिशत रकम महिलाले कोषमा जम्मा गर्ने गर्दछन्। कोषमा राखिएको रकमबाट भइपरी आउने खर्चसँगै बैठक, तालिम, गोष्ठी र नृत्यका लागि आवश्यक सामानको जोहो गर्न खर्च गरिँदै आएको उनले बताए ।
    घरबासको आम्दानीको रकमबाट घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च सबै व्यहोरिँदै आएको स्थानीय राजकुमारी चौधरीले बताए। घरबासमा संलग्न सबै जना मुक्तकमैंया परिवारका महिला मात्रै रहेका छन्। “घरबास सञ्चालन नहुँदा महिलाले मजदूरी गरी जिविका चलाउँदै आएका थिए”, उनले भने, “नगरपालिका र दातृ निकायको पहलमा घरबास सञ्चालनमा ल्याइएपछि मजदूरी गर्ने दिनको अन्त्य भएको छ ।”
    यस व्यवसायबाट आम्दानी मात्रै भएको नभइ सबै जनासँग चिनजान बढेको स्थानीय लीला चौधरीले बताए। नगरपालिकाले घरबास जाने मार्गमा प्रवेशद्वार, कालोपत्र सडक र खाजाघर निर्माण गरिदिएको छ । दातृ संस्थाले आवश्यक फर्निचरसँगै भाँडालगायत व्यवस्था गरिदिएका छन् ।
    गोरु गाडा लाहुडमा बसालेर पाहुनालाई नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको पर्यटकीय क्षेत्र सिस्ने सीमसार अवलोकनका लागि लैजाने व्यवस्थासमेत घरबासमा संलग्नले गरेका छन्। घरबाससँगै जोडिएको सार्वजनिक जग्गामा उद्यान निर्माणका लागि कार्यसमेत अगाडि बढाइएको छ। त्यसका लागि डिपिआर तयार भसकेको छ। निर्माणका लागि महिलाले नगरपालिकासँग आवश्यक रकमका लागि प्रस्ताव गरेका छन् । “घरबास सञ्चालनमा संलग्न मुक्तकमैया परिवारका महिलालाई पर्यापर्यटनसँग जोडेर आर्थिक रुपमा सम्पन्न बनाउन कार्य अगाडि बढाएका छौं”, नगर प्रमुख कर्णबहादुर हमालले भने, “विपन्न मुक्तकमैंया परिवारको आर्थिक अवस्था सुधार गर्न घरबासले सघाउ पु¥याउने भएकाले यसको स्तरवृद्धिमा लागेका छौं ।” घरबास नजिकै रहेका गडविजला ताल संरक्षण, ग्वासिसमैजी मन्दिरका भौतिक संरचना निर्माण, राना थारु, चौधरी थारु र पहाडी समुदायको लोपोन्मुख अवस्थामा पुगेको संस्कृति संरक्षणका लागिसमेत बजेटको व्यवस्था गरी कार्य अगाडि बढाउदै आएको नगर प्रमुख हमालले बताए । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    बन/पालिका सम्बन्धि थप
  • ४ घण्टा अघि

    पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

  • २ दिन अघि

    सीमामा सशस्त्र प्रहरीले स्थानीयलाई दुःख दिन्छः नगर प्रवक्ता बस्नेत

  • २ दिन अघि

    प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिभिन्न रोग बिशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

  • ३ दिन अघि

    भन्सार र सशस्त्र प्रहरीले सेटिङ्ग गरेको अवैध समान प्रहरीको फन्दमा

  • समाचार
  • १

    पर्यटन प्रर्वद्धनका लागी दोधारा चाँदनीमा वडाध्यक्ष भलिवल प्रतियोगिता

  • २

    सीमामा सशस्त्र प्रहरीले स्थानीयलाई दुःख दिन्छः नगर प्रवक्ता बस्नेत

  • ३

    प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा बिभिन्न रोग बिशेषज्ञद्धारा निशुल्क स्वास्थ्य शिविर संचालन हुने

  • ४

    भन्सार र सशस्त्र प्रहरीले सेटिङ्ग गरेको अवैध समान प्रहरीको फन्दमा

  • ५

    बालिका यौनदुव्र्यवहार काण्ड : राजनीतिक दल, बाल संगठन, महिला अधिकारकर्मीद्वारा दोषिलाई कार्बाहीको माग

  • ६

    निलगाईले किसानको गहुँवाली नष्ट

  • ७

    दोधारा चाँदनीमा प्रहरीको ‘आत्महत्या न्युनिकरण’ सम्बन्धी सचेतना

  • ८

    शिवशिखर सहकारीमा लफडा शेयरधनी बचत रकम फिर्ता माग्दै आन्दोलित

  • ९

    दोधारा चाँदनीमा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जाँचमा कडाई

  • १०

    त्रिभुवन माध्यामिक विद्यालयको स्वर्णजयन्ती

  • सामाजिक सञ्जालबाट
    १

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    २

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ३

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ४

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ५

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ६

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ७

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज
    ८

    नेकपाको सचिवालय बैठक पेरिसडाँडामा शुरु

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    paschimaaja@gmail.com

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: भुपी उपाध्याय

    प्रधान सम्पादक: लाल बहादुर धामी

    सह-सम्पादक: केशव राज गिरी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution