२०८१ माघ २८, सोमबार
महेन्द्रनगर । मंसिर २३ गतेदेखि २५ गतेसम्म धनुषाको बटेश्वर गाउँपालिकामा सम्पन्न राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७८ को उपाधि जितेको सुदूरपश्चिमको टिमलाई कञ्चनपुरमा भव्य सम्मान गरिएको छ । मंगलबार महेन्द्रनगरको कवर्डहलमा विजयी टिमलाई जिल्ला कबड्डि संघ कञ्चनपुरले भव्य सम्मान गरेको हो ।
मंसिर २३ गतेदेखि २५ गतेसम्म धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा सम्मन्न भएको राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले उपाधि जितेको थियो सुदूरश्चिमले एक लाख ५०५ नगद, शिल्ड, प्रमाणपत्र पाएको थियो । त्यसैगरी प्रतियोगितामा बेस्ट रेडर र म्यान अफ दि म्याचको पुरस्कार सुदूपश्चिमकी खेलाडी सुनिता थापाले पाएकि थिईन । त्यसैगरी बेस्ट डिफेन्डरको पुरस्कार पनि सुदूरपश्चिमकै खेलाडी निशा बोहराले पाएकि थिईन् ।
जिल्ला कवड्डी संघ कञ्चपनुरका अध्यक्ष महेश चन्दको अध्यक्षता एवं भीमदत्त नगरपालिका–४ का वडा अध्यक्ष लक्ष्मीदत्त बोहराको प्रमुख आतिथ्यतामा विजयी खेलाडी टिमलाई फुलको माला, खादा र टिका लगाएर सम्मान गरिईएको छ । त्यसैगरी खेलाडिको हौसलाका लागि जिल्ला व्यटमिन्टन संघका जिल्ला अध्यक्ष मिनराज भट्टले १५ जर्सी प्रदान गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय