२०८१ माघ ३, बिहिबार
काठमाडौँ । पछिल्लो समय सबैभन्दा संक्रामक मानिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमीक्रोनका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् ।
दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्।
मन्त्रालयका अनुसार दुई विदेशी नागरिकमा यो भेरियन्ट देखिएको हो। जसमा नेपाल आएका ६६ वर्षीय र ७१ वर्षीय विदेशी नागरिक रहेका छन्।
उनीहरु दुवैले दुवै खोपको मात्रा लगाएको खुलेको छ। उनीहरु नेगेटिभ पीसीआर रिपोर्ट लिएर नेपाल आएका थिए। तर नेपालमा गरिएको परीक्षणमा उक्त भेरियन्ट भेटिएको हो।
नेपालमा ओमिक्रोन संक्रमित भेटिएपछि स्वास्थ्य मन्त्रालयमा मन्त्रिस्तरीय बैठक डाकिएको छ।
यसबारेमा मन्त्रालयले सोमबारै पत्रकार सम्मेलन गरेर थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।
यो भाइरस सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको थियो। आइतवार मात्रै भारतका विभिन्न प्रान्तमा १८ जनालाई यो भाइरस संक्रमण देखिएको थियो।
अहिलेसम्म यो भेरियन्ट विश्वका करिब ४० मुलुकमा पुगिसकेको छ। विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट तीव्र संक्रामक भएकाले सचेत हुन आग्रह गरिसकेको छ।
ओमीक्रोन भाइरसको जोखिम बढेपछि नेपालले यसअघि नै हङकङसहित विभिन्न नौ मुलुक हुँदै आउने यात्रुलाई प्रतिबन्ध लगाइसकेको छ।
ओमीक्रोन तीव्र संक्रामक भए पनि यसबाट अहिलेसम्म कुनै पनि मुलुकमा ज्यान गएको छैन।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय