२०८१ माघ १, मंगलबार
काठमाडौँ :
एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । मतदानको अन्तिम मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी भीम रावलले भने २२४ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९८० मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित सुरेन्द्र पाण्डेले १९२९, सुवास नेम्बाङले १८६९, विष्णु पौडेलले १८५९, युवराज ज्ञवालीले १८४६ र रामबहादुर थापाले १७७१ मत प्राप्त गरे । उपाध्यक्षमा पराजति घनश्याम भुसालले ७२६ मत ल्याए । सचिवमा गोकर्ण विष्टले सर्वाधिक १९७८ मत प्राप्त गरे । योगेश भट्टराईले १९६४, टोपबहादुर रायमाझीले १८०७, छविलाल विश्वकर्मा १८०६ र पद्मा अर्यालले १८०३, लेखराज भट्टले १७०७, र रघुवीर महासेठले १५०३ मत ल्याउँदै सचिव पदमा निर्वाचित भए । सचिवमा पराजित भीम आचार्यले ७८९ सय र टंक कार्कीले ५६० मत प्राप्त गरे । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल सर्वसम्मत चयन भए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय