२०८१ मंसिर २९, शनिबार
महेन्द्रनगर ।
मदिरा सेवन गरेर गाडी चलाएको भन्दै चालकलाई जिल्ला प्रहरी कार्यालय बाजुराले पक्राउ गरेको छ । विहिबार काठमाण्डौंबाट बाजुरा आइरहेको ना ७ ख २३०९ नम्बरको बसका चालक धनराज रोकायाले मदिरा सेवन गरेर बस चलाएको भन्दै प्रहरीले पक्राउ गरेको हो । अस्थायी प्रहरी पोष्ट रिठाबजारमा चेकजाँचको क्रममा चालक रोकायाले मदिरा सेवन गरी प्रहरीलाई गाली गलौच गर्नका साथै अश्लिल शव्द प्रयोग गरेपछि उनलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी