२०८१ भाद्र ३१, सोमबार
महेन्द्रनगर । दार्चुलाको ब्यास गाउँपालिका १ मा पर्ने गाउँहरू कुटी, नाभी, गुञ्जी, नाभिडाङ, तिंकर र छाङरुमा जनगण्ना हुन सकेन् । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर १ छाङरु र तिंकरमा जनगणना सम्पन्न भएको छ । नेपालको प्रशासनिक अधिकार भएका छाङरु र तिंकरमा जनगणना भएपनि अतिक्रमित क्षेत्रका नेपाली जनगणनामा समेटिएका छैनन् । जनगणना गर्ने समय सकिदा समेत भारतले अतिक्रमण गरेका गाउँको जनगणना गरिएको छैन् । ्
त्यहाँ भारतीय सुरक्षाकर्मी तैनाथ गरिएका कारण गणकलाई पठाउन जोखिम भएको हो । तर, त्यस क्षेत्रमा कसरी जनगणना गर्ने भन्ने बारेमा आन्तरिक छलफल गरेर निर्णय गर्ने विभागले जनाएको छ । तथ्यांक विभागका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुराबाहेकका ठाउँमा जनगणना सङ्कलन कार्य सकिएको छ ।
भारतीय पक्षको असहयोगका कारण तिंकर र छाङरु क्षेत्रमा जनगणना हुने नहुने अन्यौल बढेको थियो । नागरिकस्तरबाट सरकारलाई दबाब पनि थियो । अन्ततः जोखिम मोलेर छाङरु र तिंकर पुगेको जनगणना टोलीले तीन दिन लगाएर जनगणना सम्पन्न गरेको हो । भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी