२०८१ आश्विन २, बुधबार
कञ्चनपुर । सुदूरपश्चिमको पश्चिमी सिमानाका गड्डाचौकीमा झण्डै डेढ वर्षपछि भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि नाका खुला गरिएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न स्थानीय प्रशासनले विगत २० महिनादेखि गड्डाचौकी नाकाबाट भारतीय नम्बर प्लेटका निजी गाडीलाई नेपाल प्रवेशमा रोक लगाएको थियो ।
कोरोना संक्रमणमा कमी आएसँगै बुधबारदेखि भारतीय नम्बर प्लेटका सवारीसाधनले भन्सार सुविधा लिएर नेपाल प्रवेश पाएका छन् । यसअघि नेपाल प्रवेश गर्ने भारतीय नागरिकले पीसीआर वा खोपको मात्रा पूरा लगाएको कार्ड देखाउनुपथ्र्यो । भारतीय नम्बर प्लेटका मालबाहक सवारीसाधनलाई मात्रै नेपाल प्रवेश गर्न पाइने व्यवस्था मिलाइएको थियो ।
अन्य नाकाहरूमा भारतीय नागरिक र सवारीसाधन निर्वाध रूपमा आवतजावत गरिरहेकाले गड्डाचौकीमा पनि नाका खुला गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले बताए । नेपाल आउने भारतीय नागरिकले खोपको मात्रा पूरा लगाएको कार्ड भने देखाउनु पर्नेछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी