२०८१ भाद्र ३१, सोमबार
महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय सवारी साधनहरु बढे संगै सवारी साधन पार्किङ गर्न समस्या हुने गरेको छ सबै भन्दा बढी गल्ली नम्वर १, ३, र ५ मा सडक मिचेर सवारी साधनहरु पार्किङमा राखिएका हुन्छन् ।
सडकहरूमा ट्राफिक प्रहरीले सडकको एकातर्फ ‘नो पार्किङ’को सिग्नल राखेको छ । सिग्नल अनुसार ती ठाउँमा पार्किङ गर्न मिल्दैन । तर, सडकमा भने दुवैतर्फ गरी लाइन बनाएर अव्यवस्थित रूपमा पार्किङ गरिरहेको पाइन्छ । गाडी गुड््ने सडक मिचेर पार्किङ गर्दा त्यसको प्रत्यक्ष असर अन्य ठुला सवारी साधन पैदल यात्रुहरुलाई परेको छ ।
‘‘सडक सवारी साधन गुडाउनको लागि मात्रै हो । पार्किङ गर्नको लागि होइन् ।” भीमदत्त नगरपालिका ४ का स्थानिय विरेन्द्र खडकाले भने, ‘‘ सबै सवारी साधनहरुलाई सडकमा पार्किङ गरिरहेका हुन्छन् पैदल यात्रुहरुलाई हिँडन समस्या हुन्छ दुर्घटनाको जोखिम हुन्छ ।”
ट्राफिक प्रहरी र स्थानीय सरकारले जथाभावी सडकमा सवारी पार्किङ गर्न दिँदा सवारी चालकहरूले पनि विरोध जनाउँदै आएका छन् । नियामक निकायले मापदण्ड अनुसार कार्यान्वयन नगर्दा सडकका दुवैतर्फका सडक पार्किङले भरिएका छन् ।
ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक केशवराज भटटले आम जनमानसमा पनि चेतनाको कमीेले गर्दा सवारी साधन पार्किङमा समस्या भएको बताए । नो पार्किङ लेखेको बोर्ड नजिक सवारीसाधन पार्किङ गरेको पाईन्छ सबै सवारी साधनका चालकहरुले अरुलाई समस्या नहुने गरी पार्किङ गरिदिने हो भनेपनि समस्या खासै नहुने उनले बताए ।
एकतर्फी पार्किङ गरेर सवारी साधन राख्ने र स्थानिय व्यापारीह्रुले पनि अव्यवस्थित पार्किङ गरेको थाहा पायो भने, पनि यता पार्किङ नगर्नुहोस समस्या हुन्छ भनेर भनिदिने र एक्लै ट्राफिक प्रहरीले मात्रै उक्त समस्याको समाधान गर्न नसकिने बताए ।
विधार्थीहरु नगर प्रहरीको सहयोगमा पहिला प्रत्येक गल्लीमा पार्किङ व्यवसथापन गर्न खटाईए पनि फेरी सडक मिचेर गरिने पार्किङले समस्या हुने गरेको ट्राफिक प्रमुख भटटको भनाई रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी