२०८१ मंसिर २२, शनिबार
महेन्द्रनगर । बझाङमा प्रहरी हिरासतभित्र एक वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा ७७ वर्षीया एक वृद्धाको मृत्यु भएको हो ।
केदारस्युँ गाउँपालिका–२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख (डिएसपी) ज्ञान बहादुर बिष्टले बताए ।
कर्तव्य ज्यान मृद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी रावलको बिहान हिरासतमा अचेत भईं अस्पताल पुर्याए पछि डाक्टरले मृत घोषणा गरेको प्रहरी प्रमुख (डिएसपी) ज्ञान बिष्टले बताए ।
बिहान हिरासतभित्र सुरक्षाकर्मी लगाएत हिरासतमा रहेकाहरु चिया पिईरहेका बेलामा चिया पिउँदापिउँदै एक्कासी अचेत भएकी उनलाई जिल्ला अस्पताल पठाईएको र अस्पतालले मृत घोषणा गरेको उनले बताए । मृतक रावल र उनका छोरा जय बहादुर रावल बुहारी हत्याको आरोपमा हिरासतमा मा रहेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी