२०८१ आश्विन २१, सोमबार
महेन्द्रनगर । जिल्ला अस्पताल दार्चुलामा जडान गरिएको भेन्टिलेटर शैया सहितको आइसीयू १ वर्ष हुनै लाग्दा समेत अझै सञ्चालनमा आएको छैन् । अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसीयू प्रयोगमा आउन नसकेको हो ।
प्रदेश सरकारबाट प्राप्त दुईवटा भेन्टिलेर शैय्या सहित आइसीयू कक्ष, प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पतालमा भेन्टिलेटर शैय्या सहित आइसीयू स्थापना गरेको थियो । लामो समय जडान गरिएको आइसीयू दक्ष जनशक्ति अभावमा सञ्चालनमा आउन नसकेको प्रशासन प्रमुख आनसिँह डागाले बताए । सुदूरपश्चिम प्रदेशसभाका उपसभामुख निर्मला बडाल जोशीले गत वर्ष विसं २०७७ मङ्सिर २५ गते जिल्ला अस्पतालमा सो सेवाको शुभारम्भ गरेकी थिईन् ।
कोभिडका सङ्क्रमितले समयमै उपचार नपाएर अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिन स्थापना गरिएको सो आइसीयूको लागि जनशक्ति पठाउन नसक्दा प्रयोगमा आउन नसकेको अस्पतालले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी