२०८१ मंसिर २९, शनिबार
नेकपा एमालेमा पछिल्लो समय विवाद र धाँधली बढदै गएको पाईएको छ । यस्तै धाँधली र विवाद कञ्चनपुरको दोधाराचाँदनी नगरको नगर कार्य समिति चयनमा देखिएको छ ।
अध्यक्ष मण्डल र निर्वाचन मण्डल नै गठन नगरि एकलौटी ढङगबाट नगर कार्य समिति चयन गरिएको भन्दै सदस्यहरुले विरोध गरेका छन् । हरिसिह घनाडी नेतृत्वमा गठन गरिएको समिति अवैध भएको भन्दै एमाले बहुमत सदस्यले बिरोध गरेका छन् ।
एमाले जिल्ला कमिटि सल्लाहकार सदस्य राम प्रशाद पौडेलको अध्यक्षमा बसेको बैठकले वडा अधिवेशनदेखि नगर अधिवेशनसम्म धाँधली गरेर आफु निकटलाई नेतृत्वमा ल्याएको आरोप छ । वडा अधिवेशनमा समेत नेपालमै नरहेका व्यक्तिलाई ल्याएर गैर जिम्मेबारीपन देखाएको आरोप छ ।
एमाले नगर अधिवेशन अध्यक्ष किशोर लिम्बुले गर्नुपर्ने काम भएपनि सो नभएको जिल्ला सदस्य राजिव खडकाबाट अध्यक्ष मण्डलको घोषणा गरी चिनी गिरीको अध्यक्षमा राजिव खडका, गगन खत्री, टंकर प्रशाद जोशी सहितको घोषणा गरेको छ ।
अध्यक्ष मण्डलले सोझै बैठक बसी क्षेत्रीय सचिव चन्द्रसिह धामी, खिमा नन्द, भुवन बिहरी पन्त समेत आवश्यक नपर्ने भन्दै सुझाव समेत लिन नमानेको जनाईएको छ । उम्मेदवारलाई सामुहिक छलफल नगराए एक्लाएक्लै भेटेर दवाव दिएर कमिटि गठन गरेर अवैध अध्यक्ष मण्डल चयन नमान्ने घोषणा गरिएको छ ।
एमाले दोधाराचाँदनीका क्रियाशिल सदस्य हर्क बहादुर थापाले कम्यूनिष्ट पार्टीमा गैर कानुनी रुपमा घोषणा गरिएको कमिटि अवैध भएकाले बदर गर्दै स्वीकार गर्न नसकिने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी