२०८० जेष्ठ २३, मंगलबार
कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरियास्थित पूर्व–पश्चिम राजमार्गबाट महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०२००२१ नम्बरको मिनीट्रकबाट प्रहरीले बिहीबार पाँच लाख ४३ हजार ४ सय ५० मूल्य बढीको भन्सार छली गरी लैजाँदै गरेको सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ बस्ने वर्ष २१ का मिनीट्रक चालक नवीन कुँवर सहित ट्रकलाई कार्यालयमा ल्याएर सामान जाँच गर्दा बिनाबिल भारतबाट भन्सार छली ल्याएको पाइएको हो ।
ट्रकमा ल्याइएको सामानमा लेडिज सुट २७० थान अन्दाजी मूल्य एक लाख ८९ हजार, मिस्री १४५ बोरा अन्दाजी मूल्य दुई लाख ६१ हजार र पेडा मिठाई ८९ डिब्बा अन्दाजी मूल्य ९३ हजार ४५० बराबरको रहेको छ । बरामद सामान, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी