२०८१ आश्विन २१, सोमबार
महेन्द्रनगर:
‘मैना मोरेली’ लाल बहादुर धामी (अछामी बड्डो) को पछिल्लो गीत ‘मैना मोरेली’ युट्युबमा अपलोड भएको २ दिन मा उक्त गीत धेरैले रूचाएका छन्। गीतलाई लिएर अहिले धेरै सकारात्मक प्रतिकृयाहरू आइरहेको लाल बहादुर धामी (अछामी बड्डो) बताए का छन् । चर्चित देउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) र गायिका हेमान्ता भट्टराईको आवाज रहेको उक्त गीत धेरैले रूचाएका छन।
गीतमा उठाइएका विषयलाई दर्शकले मज्जाले ग्रहण गरिदिँदा खुसी लाग्छ,’ उनले भने।। ‘यो गित माया प्रीतिमा आधारित मैना मोरेली देउडा गितमा बिवाह गर्न उमेर पुगेका युवा युवती बिच माया प्रेमको घटना र मदिराको प्रस्ताव राखेको र गितमा केटीले मदिरा नभई दुध दही खाउँ भनेपछि केटाले गोरस खाय कहिले कहिले दारु खाय अहिले भन्ने प्रस्ताव गर्छ। हरेक कुरा गर्दा त्यसबाट गीतमा केही कुरा लिन सकिन्छ कि भनेर सोचिरहन्छु। यसअघि ‘हरे शिव राम’ नामक गीतको प्रस्तुतिकरणको निकै तारिफ भएको थियो अछामी बड्डो ।
उक्त गित माराजेन्द्र शाह को शब्द ,एरेन्ज बिनोद बाजुराली, निर्देशन भिम थापा, सिनेमाटोग्राफ डिबि रौले र सम्पादक प्रविन रेशमी मगर को रहेको छ। जस्मा लाल बहादुर धामी (अछामी बड्डो), रोजी कुंवर र चेत बहादुर शाह को अभिनय रहेको छ। यो भन्दा पहिले हरे शिव राम र जान्या होइकी मेरा पोइल जस्ता गीत सार्वजनिक गरेको, र सबै को माया ले उक्त नयाँ गित “मैना मोरेली” निकै फरक रहेको लाल बहादुर धामी (अछामी बड्डो) ले बताए । लाल बहादुर धामी (अछामी बड्डो) ले अहिले एक पछि अर्को म्युजिक भिडिओ दर्शकमाझ पस्किदै आएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी