२०८१ आश्विन २१, सोमबार
कञ्चनपुर:
प्रजातन्त्र पुर्नबहालीका लागि संघर्षमा होमिएका कञ्चनपुरका प्रजातन्त्र सेनानी मदन चन्द सहितका योद्धाहरुलाई नागरिक अभिनन्दन गरिएको छ । प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मुल आयोजक समितिले प्रजातन्त्र सेनानी चन्द सहितका प्रजातान्त्रिक योद्धाहरुलाई नागरिक अभिनन्दन गरिएको हो । मंगलबार प्रजातान्त्रिक सेनानी चन्दलाई महेन्द्रनगरको त्रिबेणी चोकदेखि रथारोहण सहित बजारमा परिक्रमा गरिएको थियो ।
प्रजातन्त्र सेनानी चन्दको ३० कार्तिकमा ८९ बर्षको अवसर पारेर रथयात्रा सहित चन्दको ग्रन्थ बिमोचन समेत गरिएको छ । पञ्चायती व्यवस्था बिरुद्ध अभियानका सुदुरपश्चिमका एक मजबुत खम्बाका रुपमा परिचित तथा जिउँदा सहिदको उपमा पाएका चन्दको ग्रन्थलाई समेत बिमोचन गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि काँग्रेस केन्द्रीय सदस्य तथा पुर्वमन्त्री रमेश लेखकले चन्दको जिवनमा आधारित ग्रन्थ बिमोचन गर्दै चन्दले देशका लागि गरेको योगदानको कदर गरेका छन । चन्द सहितका जनताको अधिकारका लागि संघर्ष गरेका दर्जनौँ योद्धाहरुलाई प्रमाण पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । चन्द ०४७ साल पछि कञ्चनपुरदेखि काठमाडौँको सिंहदरबारमा हिम्मती र इमान्दार नेताका रुपमा चिनिएका योद्धा हुन । भीमदत्त नगरका उपप्रमुख शुशिला चन्दको सभापतित्वमा भएको कार्यक्रममा प्रजातन्त्र सेनानी मदन चन्द नागरिक अभिनन्दन मुल आयोजक समिति संयोजक एव काँग्रेस नेता पुर्वमन्त्री तारणाीदत्त चटौतको संयोजकत्व र काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकको प्रमुख आतिथ्य सहितको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी