२०८१ मंसिर २२, शनिबार
महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाल बन्दको घोषणा गरेको छ । सरकारले दैनिक जीवनसँग जोडिएको पेट्रोलियम पदार्थ तथा ग्यासमा मूल्यवृद्धि गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको हो ।
नेकपाले मूल्यवृद्धि बिरुद्ध सशक्त प्रतिरोध संघर्षमा उत्रन सबै जनवर्गीय संगठन र समस्त जनसमुदायमा अपिल गरेको छ । साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि खारेज गर्न समेत सरकारसँग माग गरेको छ । नेकपाका महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ती गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
महासचिव विप्लवले कात्तिक २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक २६ गते प्रचारप्रसार र साझँ मसाश जुलुस, कात्तिक २७ गते देशव्यापी प्रदर्शन, कात्तिक २८ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम, कात्तिक २९ गते सिठ्ठी जुलुस, कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेका हुन् । सरकार बुधबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी