२०८१ मंसिर २९, शनिबार
दोधारा:
झण्डै एक दशक अघि दोधारा चादनी नगरपालिका कुतियावकरको माया देबि सुनार बाढीको चपेटामा पर्दै आएका छन् । वर्षेनी बाढीको पिडा सहदै आएका माया देबि सुनार बिगतका दिनहरु भन्दा ठुलो बाढीले सहनै नसक्ने पिडा उनलाई दियो । गत महिनाको ३१ गते देखि तीन दिन सम्म अविरल लागेको वर्षाले महाकाली नदी र जगबुडा नदीमा बाढी आउदा नदीको भंगालो बस्तीमा पसेपछि दोधारा चा“दनी नगरपालिकाका दर्जनौं स्थानियहरु बेघर बनायो । माया देबि सुनारको यस पटकको बाढीले सबैथोक बगाएर आफु संग लग्यो । धन्न आफ्नो र छोरीको ज्यान बचाउन सके उनि । समयमा नेपाली सेनाको उद्धार टोली नआएको भए ज्यान पनि बाढीले लग्ने उनि बताउछन् । महाकाली नदीको भंगोलो उनको घर भित्र घुस्यो । घरको आंगनमा झण्डै ६ फिट पानी बग्न थाल्यो ।
माया देबिले आफुले लगाएको एकसरो लुगा मात्रै बाढीबाट जोगाउन सके । वर्षेनी कुतियाकवरका दर्जनौं नागरिकको उठीबास लगाउदै आएको महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले यस पटक भने माया सुनार लगाएत कुतियाकवरका झण्डै ४२ घरपरिवारको बास पनि बढायो । माया देबि सुनारको ऐलानी जग्गामा बनाएको सानो झुप्रो थियो । त्यो बेला केही बचेन, बच्यो केवल आफ्नो र घरपरिवारको ज्यान मात्रै । महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पसेपछि कुतियाकवर बस्तीलाई नांगेझार बनाएपछि माया सुनार भत्कीएको टहरालाई ठड्याउने प्रयास गर्दै दिनचार्य बिताउन थालेका छन् । राहतका नाममा राज्यको मार्फत संघ–संस्थाले दिएको त्रिपाल र केही खाने कुरा तथा भाडा बर्तनको सहारा उनि र उनका परिवारको दिन बित्न थालेको छ् । बाढी आएको एक साता भन्दा ढिलो मात्रै नगरपालिका मार्फत संघ–संस्थाले उनिहरुलाई राहत दियो । त्यत्तिञ्जेल कुतियावकर बस्तीमा भारतका शिख धर्मालम्बीका अनुयायीहरुले खाना, लत्ताकपडा सघाउदै आएका थिए । उनिहरुले दैनिक कुतियावकर बस्तीका स्थानियहरुलाई खाना दिदै आए । वर्षेनी आउने बाढी भन्दा यसपटक ठुलो बिनासकारी बाढी आयो । बाढीले दोधारा चा“दनी नगरपालिकाको वडा नं. १० को शान्ती टोल, बैतिफा“टा, सुर्खेती टोल, प्रधान टोल, कुतियाकवर लगाएत बस्तीका स्थानियहरुको ज्यान बाहेक केही बचेन् । ‘यस पटकको बाढीले भने निकै बिपत्ति आईलाग्यो’ माया सुनार भन्छिन् । वर्षेनी देखि विस्थापित जिवन विताईरहेका उनी फेरि विस्थापित बनेका छन् ।
उनी भन्छन्, ‘दुखिया माथी फेरि दैव खनिए ।’ यस पटकको बाढीले शान्ती टोल, बैतिफा“टा, निशानी टोल, कुतियाकवर, प्रधान टोल लगाएत टोलहरु लखौंको धनमाल क्षतबिक्षत बनाएको छ् । कुतियावकरको ४२ घरधुरी पुरै क्षती बनाएको छ् । बाढीको पानी अहिले आएर बल्ल सुक्यो । बाढीले मरेका चौपाया तथा पशुपंक्षीले बस्तीनै दुर्गन्धीत बनको छ् । सदा हराभरा हुने खेती योग्य जग्गामा महाकाली नदीले बाटो खोलेको छ् । कुतियाकवर बस्ती हो कि, बगर हो चिन्ननै कठिन छ् । संघ–संस्थाले दिएको राहतको नाउमा केही खाद्य तथा गैरखाद्य सामग्रीले दैनिकी चलाउन उनिहरु बाध्य भएका छन् । ‘अब कहा“ जाने ? कुनै उपाय छैन् । अन्य स्थानमा जानको लागी केही छैन् । हामीहरुको त हरिबिजोग भयो । खाने अन्न पनि जोगिएन् । पेट पाल्नै सकस भईरहेको छ् । बाढी गएको भोली देखि भारतिय नागरिकहरुले दया देखाएर खाना खुवाए । नत्र भोकले मरिन्थ्यो होला’ आफ्नो पिडा सुनाउदै पंक्तीकारलाई मोतीराम सुनारले भने– ‘समृद्धि र बिकास हाम्रै पालोमा आउछ भन्थे, बाढीपो आयो ।’स्थानिय मोतिराम सुनार बाढी आउने दिन राती मस्त निन्द्रामा थिए । एकाएक बस्तीमा कोलाहल मच्चियो, निद्रा खुल्यो ।
बाढी पस्यो भन्दै गा“उलेले मच्याएको कोलाहल सुनेर उनको सातोपुत्लो गयो । घरबाट झटपट निस्केर घरपरिवारलाई लिएर भाग्न थाले । तर उनले घरबाट सरसामान केही निकाल्नै पाएनन् । ‘घर भित्र पूरै पानी भरिईसकेको थियो,’ मोतीराम सुनारले भने– ‘झटपट बाहिर आफनो जहान परिवारलाई निस्किाए । तर सरसामान निकाल्ने होसै भएन् ।’ नदीले ल्याएको ठुलो–ठुला रुखहरु घरमा कोच्चीएका छन् । उनको घर भित्र बाढीको पानीले चिसो बनाएपछि चुलो जलाउन मुस्कील भएको छ् । कतिपय समान बाढीले आफु संगै लग्यो, रहेका समान पूरै भिजेर काम नलाग्ने भएका छन् । बाढीले मोतीराम सुनारको एउटा भैसी बेपत्ता बनाएको छ भने गाई र बाख्रा मरेका छन् । उनको गोठ रित्तो भएको छ् । ‘अहिले पानी सुक्यो, घरलाई बाहिरबाट हेर्न बाहेक केही गर्न सकिने अवस्था छैन्’ मोतिराम सुनारले भने ।
बिगतका दिनहरुमा बाढीको कारण बिस्तापित हुदै आएका कुतियाकवर बस्तीका स्थानियहरु यसपालि पनि भने बाढीले लखेटेको छ् । झण्डै एक दशक अघि महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले लागेको घाउ निको नहुदै फेरि त्यो भन्दा कडा पिडा यस पटक थपिएको छ्, कुतियाकवर तथा आसपासका बस्तीमा । वर्षेनी बाढीको पिडा खेप्दै आएका कुतियावकर बस्ती आसपासका बस्तीलाई राज्यले उचित बन्दोबस्त गर्न सकेन् । समृद्धि र बिकासको नाउमा अन्य काम गरिएतापनी दोधारा चाँदनी नगरपालिकाको अतिआवश्यक काम तटबन्ध तथा बाढी आएको बेला पुर्व तयारी गर्न सरकार चुकेकै हो । आर्थिक स्रोत बलियो भएकाहरुले आफ्नै बलबुताले बलिया घर ठड्याउन सक्लान् । तर निम्न आयस्रोत भएका पीडितहरुले दुख मात्रै पाउनु पर्ने पक्कै छ् । यसपटकको बाढीको कारण दोधारा चाँदनी नगरपालिका वडा नं. १० को कुतियाकवर, शान्ती टोल, बैतिफाँटा, निशानी टोल, प्रधानटोल गरि एक हजार बढी घरपरिवार बेघर भएका एक तथ्यांकमा उल्लेख छ् । बाढीपिडितहरुले राहतको साटो उचित महाकाली नदी र जगबुडा नदीमा पक्की तटबन्ध गर्न मा“ग गर्दै आएका छन् ।
देश संघियतामा गएको बेला दशकौं देखि बाढीको समस्या हल गरिदिन चित्कार लगाउदै आएका दोधारा चा“दनीका बाढी पिडितहरुको अझै पनि समयमै बाढीपिडितको चित्कार सम्बोधन नगरे बाढीको कारण कुतियाकवर लगाएत बाढी पिडित बस्तीमा ठुलो मानविय दुर्घटना हुने पक्का छ् । राहत बितरण गरेर दोधारा चा“दनीका बाढी पिडितको समस्या हल हुने हैन् । महाकाली नदी र जगबुडा नदीको बहाव अहिले आएर बस्तीमा सोझिएको छ् । नदीमा थोरै पानीको बहाव हुने बित्तिकै नदीले बस्तीमा पस्ने बाटो बनाएको छ् । दोधारा चा“दनी नगरपालिकालाई साच्चीकै समृद्धि र बिकास गर्ने हो भने सबै भन्दा पहिला महाकाली नदी र जगबुडा नदीमा पक्की तटबन्ध निमार्ण गर्नु पर्छ , तब मात्रै समृद्धि र बिकासको नारा लगाए हुन्छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी