२०८१ आश्विन २१, सोमबार
डडेल्धुरा:
प्रधानमन्त्रि शेरबहादुर देउवाको गृहपालिका गन्याधुरामा गृहमन्त्रि बालकृष्ण खाँण पुगेका छन् । बाढी पहिरोले पुगाएको क्षतीको अवलोकन गर्न प्रधानमन्त्रिको वडा गन्याधुरा गाउँपालिका–१ पथरोडा गाउ पुगेका गृहमन्त्रिलाई गाउपालिकाले विवरण पेश गरेको छ । गत असोज ३१ गते बेलुकी देखि परेको बेमौसमी अबिरल बर्षाले गन्याधुरमा दुई जनाको ज्यान गएको थियो । घर, खेतबारी, सडक, बिद्यालय भवन, खाद्यान्न, अन्नबाली, पशुचौपाया गरी गरिक उक्त रकम बराबरको क्षती भएको विवरण गृहमन्त्रिलाई गाउपालिका अध्यक्ष नबलबहादुर मल्लले पेश गरेका थिए । बाढी पहिरोले १ अर्ब ५ करोड १५ लाख बराबर क्षती गरेको विवरण बुधबार गृहमन्त्रि बालकृष्ण खाँणलाई बुझाईएको छ । विवरण बुझ्दै गृहमन्त्रि खाँणले पडितलाई अबिलम्म राहात उपलब्ध गराईने बताएका छन । सुदूरपश्चिमका दुई जिल्ला डडेल्धुरा लगायत बैतडी, बझाङ्गलाई बाढी पहिरोको अति संकटासन्न जिल्ला घोषणा गरिने बताए । हेलिकप्टर मार्फत यहाँ पुगेका मन्त्रि खाँणले देशका अधिकांस क्षेत्रमा बाढी पहिरोको क्षती पुगाएको भन्दै सरकारले ज्यान गुमाएका परिवारलाई दुई÷दुई लाखका दरले रकम उपलब्ध गराउने, घाईतेहरुको सामुदायिक अस्पतालहरुमा निःशुल्क उपचार गर्ने र अन्य राहातमा समेत जुटेको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी