२०८१ आश्विन २, बुधबार
महेन्द्रनगर:
कञ्चनपुरमा दलित महिला संघ फेडोको आयोजनामा संचालित जिल्ला स्तरिय सार्वजनिक सम्वाद कार्यक्रममा बिभिन्न सरोकार वाला निकायले दलित महिलाहरुको हकअधिकार तथा सवालहरुमा र बजेट निकाशा तथा योजना तर्जुमा को समयामा हातेमालो साथ र सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । मंगलवार फेडोको आयोजनामा संचालित समग्र विकासको अवरोध जातिय तथा लैंगिक बिभेद नेपालमा दलित महिलाको मानवअधिकार प्रवद्र्धन परियोजना अन्तर्गत दलित महिला तथा अन्य सिमान्तकृत महिलाको मानवअधिकार तथा सामाजिक न्याय प्रवद्र्धनका लागि सरोकारवालाहरुको भुमिका सम्बन्धी जिल्ला स्तरिय सार्वजनिक सम्वाद कार्यक्रममा बिभिन्न निकाय कार्यालय सामाजिक संघसंस्थाका प्रमुख प्रतिनिधीहरुले दलित सिमान्तकृत महिलाहरुको हक अधिकार तथा न्यायमा पहुँचको लागि सदैव हातेमालो साथ सहयोग गर्ने बताएका हुन् ।
भीमदत्त नगरपालिकाका उपमेययर तथा न्यायिक समितीका संयोजक शुसिला चन्द सिंहले अहिलेपनि हाम्रो समाजमा बिधमान रहेको पितृसत्तामक सोच बिचार चिन्तन हाबि भएकै कारणले महिला हरु बिषेश गरेर दोहोर मारमा परेका दलित महिलाहरुले समान रुपमा राज्यको पहुँच तथा स्रोत साधनमा आफनो बर्चस्व र न्याय पाउन नसकेको बताईन् । सामाजिक क्षेत्रमा गरिएका कार्य तथा योजनाहरु नितिगत तथा परिणाममुखी हुनु पर्ने र सामाजिक क्षेत्रमा काम गर्दा बिभिन्न चुनौती आएपनि सबैलाई पार गरेर अन्यायमा परेका दलित महिला तथा सिमान्तकृत महिलाको हक र अधिकारको लागि लानु पर्ने बताईन् । इस्तो किसिमको सम्वा अन्य सनकाय सरकारी कार्यलय बिभिन्न संघसंस्थाहरुलेपनि संचालन गरी न्यायमा सबैले हातेमालो गर्नुपर्ने उपमेयर चन्दको भनाई रहेको थियो । नेपालको संबिधानमा सबैक्षेत्र तहतप्काको आवाज सम्बोधन भएपनि व्यावहारमा कसैको पनि आवाज सम्बोधन भएको महसुस गर्न नपाएको अवस्थामा स्थानिय वडा सरकार सम्बन्धित निकाय संघसंस्थाले अन्यायमा रहेका सिमान्तकृत महिलाहरुको साथ हौसला बनेर सहयोग गर्न पनि आग्रह गरिन् । ईन्सेक कञ्चनपुरका प्रतिनिधी लिली कुँवरले कोही पनि महिला सिमान्तकृत दलित महिलाको हक र अधिकारको लागि सदैव अगाढी रहेर न्याय सम्म पहुँचको लागि सहयोग गर्ने बताईन् । द्धन्द पिडित तथा एकल महिलाका अध्यक्ष सिता बोहराले विगतको समय देखी नै पिडामा रहेका सिमान्तकृत महिला दलित महिला द्धन्द पिडित महिलाहरुको हक अधिकारको लागि वकालत गर्दै आएको र आगामी दिनमा पनि न्याय दिनको लागि पछि नहटने बताईन् । यस्तै पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष माधवसिंह धामीले पत्रकारले अहिले सम्म अन्यायका विरुद्धमा आफनो कलम चलाएको र आगामी दिनमा पनि दलित महिला तथा सिमान्तकृत महिलाको हक अधिकारको लागि निरन्तरुपमा समाचार सम्प्रेषण तथा सहयोग गर्ने बताएका छन् । वडा तथा नगरपालिकाले दिने गरेका लक्षित वर्गका कार्यक्रमहरु प्नि स्पष्टरुपमा नरहेको अवस्थामा पकितपय सिमान्तकृत महिला दलित महिलाहरुले उक्त बजेटमा आफनो पहुँच बढाउन नसकेको दलित महिला संघ कञ्चनपुरका अध्यक्ष लक्ष्मि विकले बताईन् । यस बर्षमा सबैले क्षेत्रका सम्बन्धित निकाय कार्यालयका प्रमुख तथा प्रतिनिधीहरुले उक्त विषयमा बिचार पुय्राएर लक्षित बर्गको बजेट अन्य शिर्षमा खर्च नगरीकन दलित महिला हरुको उत्थानको लागि खर्च गरिदिन आग्रह गरिन् । जातिय तथा लैँगिक दोहोरो शोषणमा परेका दलित महिलाको स्थानिय स्रोत साधन तथा सामाजिक न्यायमा पहुँचका लागि यस सम्वाद कार्यक्रमको आयोजना गरिएको फेडोका जिल्ला कार्यक्रम संयोजक नरबहादुर औजीले बताए । आगामी वर्षको योजना तर्जुमा प्रक्रियामा दलित महिलाको सवाललाई मूल प्रवाहिकरण का लागि आफनो क्षेत्रबाट प्रतिबद्धता जाहेर गरुन भन्ने उदेस्य ले कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी