• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १०, बुधबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

२

महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

३

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

४

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

५

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

६

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

७

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

८

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

९

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

१०

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

११

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१२

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

प्रकाशित मिति: २०७८ कार्तिक १५, सोमबार (१ साल अघि)

१३ प्रतिशत घरधुरी गम्भीर खाद्य असुरक्षामा

  • २६९ पटक पढिएको
  • सुदूरपश्चिम:
    सुदूरपश्चिम प्रदेशमा १३ प्रतिशत घरधुरी गम्भीर खाद्य असुरक्षामा रहेका छन् । प्रदेशका बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछामलगायत जिल्लामा बर्सेनि खाद्यान्न अभाव भइरहन्छ । अपुग हुने खाद्यान्न खोजीका लागि पहाडी र हिमाली जिल्लाका नागरिक रोजगारीका लागि विदेश र खासगरी भारत जानुपर्ने बाध्यतामा छन् । धनगढीमा आइतबार आयोजित विश्व खाद्य दिवस कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनारले प्रदेश सरकारले कृषि विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कार्यक्रममा मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत एवं प्रवक्ता गोकुलप्रसाद बोहराले प्रदेशका सात पहाडी जिल्लामा उत्पादन हुने खाद्यान्नले ती जिल्लाका बासिन्दालाई खान नपुग्ने बताए । “प्रदेशमा १३ प्रतिशत घरधुरी गम्भीर खाद्य असुरक्षित अवस्थामा छन्, खाना खानकै लागि घर छाडेर रोजगारी गर्न विदेश जानुपरेको अवस्था छ”, प्रवक्ता बोहराले भने, “तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा हुने खाद्यान्न बचतले पहाडी जिल्लामा आपूर्ति हुने गरेको छ ।” वार्षिक कैलालीमा एक लाख र कञ्चनपुरमा ७० हजार मेट्रिक टन खाद्यान्न धान, गहुँ र मकै मौज्दात रहने गरेको तथ्याङ्क छ । पछिल्ला वर्षमा किसानमा व्यावसायिकता बढेसँगै दूध, माछा, मासुको उत्पादन भने वृद्धि हुँदै गएको बताइएको छ । चौरासी प्रतिशत जनसङ्ख्या कृषि पेसामा आश्रित यस प्रदेशमा ५३ प्रतिशत साना किसान छन् । त्यसको आधा हेक्टरभन्दा कम जग्गा छ । प्रदेशको खेतीयोग्य जग्गा मध्ये २१ प्रतिशत जग्गामा मात्रै खेती हुने गरेको छ । खेतीयोग्य जमिनको आकार बर्सेनि घट्दो क्रममा छ । यस्तो जग्गा घर घडेरीमा बिक्री गरिने, खण्डीकरण गरिने, घर संरचना निर्माण हुने क्रम बढ्दा पनि खाद्य असुरक्षाको अवस्था बढ्दो छ । खाद्य सुरक्षाभित्र धान गहुँ, मकै, कोदो, फाँपर, जौलगायत बाली पर्छन् । नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीअन्तर्गत हरेक तीन महिनामा देशमा खाद्य सुरक्षा र असुरक्षाको अवस्थाका बारेमा अध्ययन गर्ने गरेको बताइएको छ । बर्सेनि खाद्यान्न खाने मुख बढ्दै गइरहेको अवस्थामा खाद्यान्न उपलब्धताको अवस्थामा सुधार ल्याउन नसके आगामी दिनमा खाद्य असुरक्षाको अवस्था थप बढ्दै जाने कृषि प्राविधिकको भनाइ छ । देशभरिमा ४६ लाख जनसङ्ख्या खाद्य असुरक्षामा रहेको जनाइएको छ । सुदूरपश्चिम प्रदेशमा पोषणयुक्त खानाको अवस्था पनि कमजोर छ । एकातिर खाद्यान्नको असुरक्षित अवस्था रहनु र अर्कोतिर पोषणयुक्त खानाको अवस्था पनि कमजोर रहँदा मान्छेमा पुड्कोपन, ख्याउटेपन, मोटोपन देखिने समस्या पनि बढ्दो छ । व्यक्तिमा उचाइअनुसारको तौल नहुनुलाई ख्याउटेपन, उमेरअनुसारको उचाइ नहुनुलाई पुड्कोपन र आवश्यकता भन्दा बाढी बजन हुनुलाई मोटोपन भन्ने गरिन्छ । नियमित रुपमा पोषणयुक्त खाना र स्वास्थ्यको स्याहार हुन सकेमा होचो कदका आमा बाबुवाट जन्मिने बच्चामा होचो पुड्कोपन नहुने बताइन्छ । समाजमा भने होचो कदका आमा बाबुबाट जन्मिने छोराछोरी पनि होचो नै हुन्छन् भन्ने भनाइ छ । एक तथ्याङ्का अनुसार प्रदेशको कूल जनसङ्ख्याको ३५ दशमलव नौ प्रतिशत व्यक्तिमा पुड्कोपन र नौ प्रतिशत व्यक्तिमा ख्याउटेपनको अवस्था रहेको छ । कार्यक्रममा नेपालमा खाद्य सुरक्षा तथा पोषणको अवस्थामाथि प्रकाश पार्दै सुहारा कार्यक्रमका लोकेन्द्र थापाले प्रदेशमा कुपोषणको अवस्था अन्य प्रदेश भन्दा बढ्दो क्रममा रहेको बताए । “यो प्रदेशमा विविध खाले पोषणयुक्त खानाको पहुँचमा ३६ प्रतिशत जनसङ्ख्या मात्रै रहेको तथ्याङ्क छ”, थापाले भन्नुभयो, “घरको खानाभन्दा बाहिरको खाना मनपराउने बच्चा बढ्दै जाँदा बच्चा कुपोषित हुने जोखिम पनि छ ।” पोषणका लागि विश्व स्वास्थ्य सङ्गठनले दश प्रकारका खाद्यान्न समूहको सिफारिस गरेको छ । यसैलाई आधार मानेर नेपालमा पोषणयुक्त खानाका लागि ‘हरेक बार, खाना चार’को नारा सहित पोषण सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ । कृषि, स्वास्थ्य स्याहार, पोषण, पशुपालन, खानेपानी तथा सरसफाइ लगायत क्षेत्रमा कार्यरत संस्था सुआहारा कार्यक्रमले सरकारको बहुक्षेत्रीय पोषण योजनालाई कार्यान्वयन गर्न सघाउ पु¥याइरहेको छ । पहिलेको तुलनामा पोषणको अवस्थामा केही सुधार भएको देखिए पनि अपेक्षाअनुसारको सुधार भने अझै हुन नसककेको थापाले बताउनुभयो । कृषि विकास निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले कुनै बेला चामल विदेश निर्यात गर्ने देशका रुपमा चिनिएको नेपालले हाल वार्षिक अर्बौंको खाद्यान्न आयात गर्नुपर्ने अवस्था आउनु दुःखद् भएको जनाउँदै कृषक र कृषि कार्यक्रमलाई राज्यले उच्च प्राथमिकता दिन अपरिहार्य भइसकेको बताए । रासस
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ/कृषि सम्बन्धि थप
  • ११ घण्टा अघि

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २ दिन अघि

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • १ हफ्ता अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • समाचार
  • १

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • ३

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • ४

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ५

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ६

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ७

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ८

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ९

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • १०

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution