२०८१ मंसिर २९, शनिबार
महेन्द्रनगर:
बैतडीमा ने. वि. संघका नेता महेश खडायतको पहलमा कालोपत्रे सडक निर्माण हुँदैछ । धौकुच्चे देखि गन्ना सम्मको कालोपत्रे सडक निर्माण कार्य भई रहेको डिलाशैनि गाँउपालिका ३ तल्ला छेपट्टा ने वि संघ जिल्ला सदस्य महेश खडायतले बताए । हाम्रो बर्षौ देखिको सडक निर्माण कार्यको संघर्ष र पहल मा सफल भएको ले हामी डिलाशैनि बाशि खुसिले निकै उत्साहित भएका छौ , उनले भने, यो सडक निर्माण गर्न पहल र संघर्ष सफल भएपछि अरु सामाजिक कार्य गर्न पनि थप उर्जा मिलेको ने वि संघका नेता खडायतले बताए ।
चमेलिया जलविद्युत आयोजना २०६३ साल पुस महिना देखि निरन्तर रुपमा कार्य सञ्चालन गरि २०७४ साल माघ महिना मा समपन्न भएपनि चमेलिया जलविद्युत आयोजना सञ्चालन क्रमदेखि नै चमेलिया जलविद्युत र त्यहाका आसपासका प्रभावित हुनसक्ने क्षेत्र र चमेलिया जलविद्युत आयोजना क्षेत्रको मातहतमा पर्ने बैतडी जिल्ला ( साविक रुद्रेश्वर गाविस) र हालको डिलाशैनि गाउपालिका वडा नं. २ र वडा नं. ३ अन्तरगत पर्ने धैकुच्चे बजार देखि गन्ना बजार सम्मको सडकलाई चमेलिया जलविद्युत आयोजना केन्द्रले कालोपत्रे गर्छु भनी यहाँका जनता सँग सम्झौता र प्रतिबद्धता गरेको थियो । त्यस सडक निर्माण कार्य तर्फ चमेलिया जलविद्युत आयोजना केन्द्र ले बेवास्ता गरि पछिल्लो समय सम्म कार्य सञ्चालन र मर्मत समेत नगरेपछि त्यस सडकमा पछिल्लो समयमा विभिन्न दुर्घटना हरु हुने गरेको,सवारि साधनहरु चलाउन अपठ्यारो हुने, बिद्यार्थी हरुलाइ बिद्यालय आवतजावत गर्न अपठ्यारो हुने र , धुलोधुवा र हिलोले गर्दा पैदल यात्रा गर्न समेत उचित वातावरण नभएपछि बारम्बार आफु लगायत स्थानियहरुले चमेलिया जलविद्युत आयोजना केन्द्र सँग सडक निर्माणको लागि अनुरोध गरे उनले भने, उजुरि गर्दागर्दै पनि यहाका जनताको समस्या प्रति उत्तरदायी नभई विभिन्न बाहाना बनाई हामिलाई प्रवाह नगरि बेवास्ता गरेपनि हाम्रो माघ र पहलमा बर्षै देखि अडिक रहि डिलाशैनिबाशि को हकहित र त्यहाको जनताको आवश्यकता लाई केन्द्र बनाई गरेको ४ ,५ बर्ष देखिको निरन्तर पहल संघर्ष र दबाव पछि हाम्रो कालोपत्रे सडक निर्माण गर्ने माग र पहल आज सफल भएको नेता कडायतले बताए । पछिल्लो समयमा धौकुच्चे देखि गन्ना सम्मको सडक फाइनल सर्बे भई टेन्डर पास भई सकेको र उक्त सडक निर्माण कार्य सञ्चालन भैसकेको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी