२०७९ माघ २४, मंगलबार
कैलालीमा जुवाखालबाट १८ जना करिब २ लाख सहित पक्राउ परेका छन् । सोमबार बिहान करिब २ बजेतिर बर्दगोरिया गाउँपालिका–६ पृथ्वीपुरस्थित बलाराम चौधरीको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । जुवाखालबाट १ लाख ८० हजार ७ सय ५० र ११ गड्डी तास बरामद गरिएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए । पक्राउ पर्नेमा सोही गाउँपालिकाका ३६ वर्षीय शुनिल चौधरी, वर्ष ३८ का टेकबहादुर रोकाया, वर्ष ३८ का चन्द्र सापकोटा, वर्ष ३३ का हेमबहादुर बम, वर्ष ४६ का विन्द्र थापा, वर्ष २९ का बरुण शमसेर राणा, वर्ष ३२ का आनन्द गौतम, वर्ष ४० का महेश डगौरा थारु, वर्ष ४३ का दिपक कुमार बुढा, वर्ष ३० का कमल बुचा मगर र वर्ष ३६ को ईन्द्र भण्डारी रहेको प्रहरी ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी