२०८१ भाद्र ३१, सोमबार
हरुद्धारा प्रतिबद्धता महेन्द्रनगर । भीमदत्त नगरपालिकाका वडा अध्यक्षहरुले अगामी आर्थिक बर्ष र चालु आर्थिक वर्षमा दलित महिला तथा सिमान्कृत महिलाहरुको लागि बजेट छुटयाउने प्रतिबद्धता जाहेर गरेका छन् । आईतवार भीमदत्त नगरपालिकाको सभा हलमा दलित महिला संघ फेडोले आयोजना गरेको स्थानिय स्रोत तथा न्यायमा दलित महिलाको पहँुच विषयक अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरुले यो आर्थिक वर्षको बजेटमा दलित महिलाहरुको लागि बजेट छुटयाउने बताएका हुन् । कार्यक्रममा भीमदत्त नगरपालिकाका ३,४,९,१०,१३,१४ र १९ का वडा अध्यक्षहरुले चालु तथा आगामी आर्थिक वर्षका बजेटहरुमा दलित महिलाहरुको उन्नती विकास सिप मुलक स्वरोजगार कार्यक्रमका लगि बजेटहरु छुटयाएर आर्थिक रुपमा सक्षम बनाईने उदेस्यका साथ बजेट छुटाईने प्रतिबद्धता जाहेर गरेका हुन् ।
विगतका वर्षमा पनि आफुहरुले महिला दलित महिलाहरुको लागि बजेट छुटयाएरु काम गरेको वडा नम्वर ९का अध्यक्ष राम नाथले बताए । गत बर्ष २ लाख यो वर्षमा पनि २ लाख बजेट दलित महिलाहरुको सिप व्यापार व्यावसाय बाख्रा पालन तथा अन्य उधमका लागि बजेट छुटायउने उनले प्रतिबद्धता जाहेर गरेका थिए । अहिले पनि दलित महिलाहरु दोहोरो मारमा समाजमा पिडित भएको सन्दर्भमा महिलाहरुलाई स्थानिय सरकारले केही रकम छुटयाएर आर्थिक उन्नतीको लागि बिभिन्न तालिम व्यापार व्यावसायका लागि बजेट पायो भने उद्यमशिलताबाट महिलाहरु आफै सशक्त महिला सक्षम महिला आफनो विकास आफै गर्न सक्ने फेडोका अध्यक्ष लक्ष्मि विकले बताईन् ।
विगतका दिनहरुमा पनि प्रयाप्त मात्रामा दलित महिलाहरुको लागि स्थानिय वडाहरुले बजेट नछुटयाई दिएको तर केही वडाहरुले बजेट दिएर महिलाहरुले बिभिन्न तालिमहरु पाएर आत्म निर्भर भएको उनले बताईन् । आगामी दिनमा सबै वडा अध्यक्षहरुले आआफनो क्षेत्रमा दलित महिलाहरुका लागि बजेट छुटयाईदिन अध्यक्ष विकले आग्रह गरिन् । जातिय तथा लैंगिक दोहोरो शोषणमा परेका दलित महिलाको स्थानिय स्रोत साधन तथा सामाजिक न्यायमा पहुँचका लागि अन्तरक्रिया गरिएको फेडोका जिल्ला कार्यक्रम संयोजक नरबहादुर औजीले बताए । यस वर्षको योजना तर्जुमा कार्यान्वयन प्रक्रियामा दलित महिलाको मुल प्रवाहिकरणका लागि अपिल गर्न पनि कार्यक्रमको आयोजना गरिएको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी