२०८१ आश्विन २१, सोमबार
महेन्द्रनगर:
भीमदत्त नगरपालिका ९ खल्ला मुसेट्टि जोड्ने सडक नगरपालिकाले नबनाए पछि स्थानिय आफै निर्माणमा अग्रसरता देखाएका छन् । महाकाली नदिमा आएको बाढीले सडक भत्काएको २ हप्ता बितिसक्दा पनि सडक बनाउने सुरसार नगरे पछि स्थानयि युवाहरुले सडक निर्माण तथा मर्मतमा अग्रसरता देखाएका हुन् । कार्तिकको पहिलो हप्ता आएको बेमौसमी बर्षाले तथा महाकाली नदीको बाढीले खल्ला मुसेट्टि जोड्ने सडक भत्काए पछि आवतजावतमा समस्या भएको थियो । शनिवार देखी स्थानिय युवाहरुले आफनै खर्चमा जेसिबी लगाएर बर्षाले क्षती गरेका सडकहरु मर्मत तथा निर्माणमा जुटेका हुन् । सडक सुचारु गर्न पटक पटक आग्रह गर्दा पनि नगरपालिकाले चासो नदेखाए पछि स्थानिय युवाहरुले आफनै लगानीमा सडक मर्मतमा लागेको स्थानिय युवा समाजसेबी दिपराज चटौतले बताए । “भीमदत्त नगरपालिकालाई आग्रह गर्दा पनि भोली आउँछौ भन्दै झुुटा आश्वासन मात्रै पाँए ।” उनले भने, “यो विकट ठाँउमा कोही बिरामी भयो महिला सुत्केरी भयो भने पनि थप उपचारको लागि लैजान पनि सडकको व्यवस्था छैन् ।” यो खल्ला मुसेट्टिमा सबै भन्दा बढी विपन्न अति गरिब परिवारहरु बस्ने गरेको भएपनि स्थानियहरुको दुख विपदमा स्थनयि निकायले खासै चाँसो नदेखाएको उनले बताए । अहिले १० देखी १५ किलोमिटर सडकमा क्षती पुगाएको र २ वटा जेसिबी मसिन लगाएर २ देखी ३ दिन भित्रै सडक मर्मत गरेर सुचारु ग्रिने समाजसेवी चटौतले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी