२०७९ माघ १७, मंगलबार
महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले अबैध रुपमा भारतबाट नेपाल प्रवेश गराईएका बोका तथा खशीको लिलामी कम रकममा गरेको पाईएको छ ।
शुक्रवार राती सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेड क्वाटर.शैलेश्वरी मातहत बोडर आउट पोष्ट गड्डाचौकी र थापाचोकबाट खटीएको सीमा गस्ती टोलीले गस्ती गर्ने क्रममा सीमा ईलाकाबाट ७ वटा खशी बरामद गरेको थियो ।
उक्त खशीलाई सशस्त्रले कञ्चनपुर भन्सार कार्यालयलाई बुझाएको थियो । खसीहरु हेर्दा सबै १५ देखी २५ किलो ग्रामका रहेका थिए, तर भन्सार कार्यालयका सुचना अधिकारी प्रमानन्द जोशीले प्रहरीले नै खशीको मुल्य कम राखेकाले खशी पनि कम मुल्यमा लिलामी गरिएको बताएका छन् ।
“खशी मर्न सक्छ, धेरै दिन पाल्न सकिँदैन् त्यही भएर बजार भाउ भन्दा भन्सार ऐननियमले पनि कम राख्नु पर्ने हुन्छ ।” उनले भने, “एकै दिनमा २ पटक सुचना निकाल्दा पनि खशि किन्न कोही आएनन् फेरी २० प्रतिशत रकम कम गरेर सुचना निकाल्नु पय्रो ।”
सुचना निकाले पछि लाखौ पर्ने खशी ४९ हजारमा लिलाम गरिएको छ । सामानको मुल्य भन्दा कम रकम राखेर लिलामी गरिनु पर्ने भन्सार ऐनमा भएपनि अति कम मुल्य राखेर लिलामी गरिएको पाईएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी