२०८१ भाद्र ३१, सोमबार
महेन्द्रनगर:
डडेल्धुराको पुरानो तथा ऐतिहासिक सडकको दुरावस्था भएको छ । अमरगढी नगरपालिका ५ भीमदत्त चोक देखी माथी उकालोमा रहेको उक्त सडकबाट जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपालको एक मात्रै जिवित अमरगढी किल्ला तथा बिभिन्न विधालय जानको लागि प्रयोग हुने भएपनि अहिले सम्बन्धित निकायले ध्यान नदिँदा सडकको दुरावस्था भएको हो । उक्त सडकलाई भत्काएर एम्बुलेन्स तथा दमकलसम्म जाने व्यवस्थित सडक निर्माण गर्न स्थानयिहरुको माग रहेको छ । तर सडक निर्माण गर्न अमरगढी नगरपालिकाले कालिका निर्माण सेवा कैलाली संग २ करोड ४४ लाख ( भ्याट बाहेक )मा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता भएको अहिले ४ महिना बढी बितिसकेको भएपनि निर्माण कम्पनी ठकेदारको चरम लापरवाहीले सडक निर्माण नहुँदा नगरपालिका नै कुरुप देखिन थालेको छ । २ करोड ४४ लाख को १० प्रतिशत हुन आउने रकम नगरपालिकाले ठेकेदारलाई पेश्की स्वरुप दिई सकेको भएपनि ठेकेदार कम्पनिले बर्षातको कारण देखाएर अहिले सम्म उक्त सडक बनाउने सुरसार कसेको छैन् । गत बर्ष खलंगा खानेपानी तथा सरसफाई समितीले खानेपानीको पाईपहरु जमिन मुनीबाट बिच्छाएर लैजान सडकको बिच भाग भत्काएको थियो तर सडक भत्काईए पनि निर्माणमा अहिले सम्म कसैले पनि चासो देखाएका छैनन् । उक्त सडक निर्माण गर्नको लागि विभिन्न समयमा युवा तथा स्थानियहरुले आफनै लगानी तथा अमरगढी नगरपालिकाको दिएको १० लाख बजेटमा सडक निर्माण गरेपनि सडक लाई भने जस्तो व्यवस्थित बनाउन नसकेको स्थानिय श्याम सिनालले बताए । सानो बजेट तथा सम्बन्धित निकायले अहिले सम्म ध्यान नदिएर नै यो ऐतिहासिक सडक मर्मत नहुँदा कुरुप भएको उनले बताए । आफुले ईन्जिनियर संग बारम्बार फोन गर्दा दशै पछि सुरु गर्ने भनेको तर अहिले दशै सकिँदा पनि कामको सुरसार नै नगरेको उनले बताए । गत असारमा सडक निर्माण गर्ने सम्झौता भएको हो । बिभिन्न बहाना बनाएर ठेकेदारको चरम लापरवाहीले सडक निर्माण नहुँदा हिँडन तथा बर्षातमा सबै पानी बजारका पसलमा छिर्ने गरेको उनले बताए । नगरकार्य पालिका सदस्य तथा स्थानिय सन्जय जैरुले पनि उक्त सडक समयमै निर्माण गरिनु पर्ने बताए । प्रत्येक दिन बाह्य तथा आन्तरिक पर्यटकहरु इो सडक हुँदै अमरगढी किल्ला जाने गरेका तर सडकको अवस्था हेरेर तितो अनुभव संगालेर लैजाने गरेको बताए । ऐतिहासिक सडक भएकाले सम्बन्धित निकायले समयमै निर्माण गरिदिन आग्रह गरे । यता, अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझा (विपिन)ले उक्त सडकको निर्माण गर्न गत असारमा कैलालीको कालिका निर्माण सेवा संग सम्झौता भई सकेको र बर्षातका कारण ले काम नभएको बताए । आजै सम्बन्धित पक्षलाई सडक समयमै निर्माणको लागि पहल गर्ने जनाएका छन् । यता, निर्माण कम्पनीका ईन्जिनियर बिरबहादुर भाटले बर्षा तथा बिभिन्न समस्याले गर्दा उक्त सडक निर्माण गर्न ढिलाई भएको बताए । तिहार लगत्तै उक्त सडक निर्माण गर्न आफनो कम्पनि लाग्ने उनले जानकारी दिएका छन् । तर बारम्बार स्थानियलाई झुटो आश्वासन मात्रै दिएर काममा लापरवाही गर्ने यस्ता कम्पनि सम्बन्धित निकायलाई स्थानियहरुले पनि सचेत गराउनु पर्ने आवस्यक रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी