२०८० जेष्ठ १५, सोमबार
महेन्द्रनगर:
नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले महेन्द्रनतगरमा पार्टी कार्यालय उद्घाटन गर्दै समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीप्रति लक्षित गरेर बादशाहलाई घोडाबाट झाँरिएको कटाक्ष गरेका हुन । ‘बादशाहलाई घोडाबाट झारेर नयाँ अवस्था सृजना भएको छ, ‘पाँच दलको गठबन्ध भएको छ, चुनावसम्म रहन्छ ।’ आफुहरुले बनाएको पार्टी ओलीले कब्जा गर्न खोजेपछि बिद्रोह गरेर नयाँ पार्टी बनाएको उनले बताए ।
‘मलाई ओलीको चर्चा गर्नुछैन, उहाँ अहिले जथाभावि आक्र्रोस पोख्दै हुनुहुन्छ, ‘नेपालले भने, ‘स्वयत्त निकायमा ओलीले अनावश्यक बखेडा झिकिरहेका छन ।’ समाजवादीका अध्यक्ष नेपालले ओलीप्रति थप कटाक्ष गर्दै गाँउकी काम नगर्ने बुढीकाखीको संज्ञा दिदै बोल्ने, बुहारी थर्काउने ओली प्रवृति, कम्यूनिष्ट आन्दोलनमा बिरुद्धमा आएको विचलन बिरुद्धमा दृढताका साथ नेता कार्यकर्ताले साथ दिएकाले नयाँ पार्टी बनेको बताए । समाजवादीका अध्यक्ष नेपालले चुनाव र जनताको काममा होमिन समेत कार्यकर्तालाई निर्देशन दिनुभयो । पुर्व प्रधानमन्त्री समेत रहेका समावादीका अध्यक्ष नेपालले बाढीपीडितलाई राहत, क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग अघि सारे । बाढीपीडित जनतालाई सहयोग गर्न समेत नेपालले कार्यकर्तालाई निर्देशन दिनुभयो । नेकपा एकिकृत समाजवादी कञ्चनपुरका उपसचिव रविन्द्र कुवरले संचालन गरेको कार्यक्रममा समाजवादीका केन्द्रीय, प्रदेश, जिल्ला सहित स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो । बिहीबारदेखि समाजवादी कञ्चनपुरको अब भीनपा २भाँसी महेन्द्रनगरमा नियमित पार्टी कार्यालय संचालन हुनेछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी