२०८१ भाद्र ३१, सोमबार
महेन्द्रनगर:
कैलालीमा दुई प्रहरीको हत्या अभियोग लागेका ९ जनालाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाइएको छ । धनगढीमा प्रहरी सहायक निरिक्षक (असई) र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो । कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले धनगढी उपमहानगरपालिका वडा नम्बर १० का २३ वर्षीय पर्कु भनिने रोहित राना, अर्का रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना छन् । यस्त,ै २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना, वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना र अमर रानालाई जन्मकैदको फैसला सुनाइएको कैलालीका सहायक न्यायधिवत्ता सुरबहादुर परियारले जानकारी दिएका छन् । मटर व्यापारीले पाए सफाइ धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्यामा मतियार बनाइएका व्यापारीले सफाइ पाएका छन् । हत्याकाण्डको अनुसन्धानका क्रममा धनगढीका व्यापारी राजिव गुप्ता पक्राउ परेका थिए । सरकारी वकिल कार्यालयका सहायक न्यायधिवक्ता परियारले गुप्ताको हत्यामा संलग्नता नदेखिए भन्दै उनलाई सफाइ दिइएको जानकारी दिए । गुप्तालाई मतियार बनाएर अनुसन्धान गरिएको थियो, उनको सग्लनताबारे ९ जनाले पनि केही नबोले पछि उनलाई सफाई दिइएको उनले बताए । उनीहरूलाई अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो । कात्तिक १ गते राति साढे १० बजे अस्थाई प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या भएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी