२०८१ आश्विन २१, सोमबार
महेन्द्रनगर:
शुक्लाफाँटा नगरपालिकाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई ५० हजार किरिया खर्च उपलब्ध गराएको छ । नगरपालिकाको वडा नं १२ मा हात्तीको आक्रमणबाट ज्यान गुमाएका ध्वजबहादुर कार्की र मथुरा कार्कीका परिवारलाई नगर प्रमुख दिलबहादुर ऐर र नगर उपप्रमुख तुलसीदेवी हमालले मंगलवार घरमै पुगेर किरिया खर्चबापतको रकम हस्तान्तरण गरेकी हुन् । गत बुधबार हात्तीले घरआँगनमै आक्रमण गरी कार्की दम्पतीको ज्यान लिएको थियो । शुक्रबार नगर विपद् समितिको बैठकले पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको थियो । यस्तै नगरपाकिाले वडा नं १ स्थित स्याली नदीमा बगेर मृत्यु भएका कृष्णदत्त भट्टको परिवारलाई रु २५ हजार किरिया खर्च उपलब्ध गराएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी