२०८१ आश्विन २, बुधबार
महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिका ९ मा रहेको खल्ला र मुसेट्टीका ३ सय बढी घरपरिवारलाई अन्यत्र स्थानान्तरण गरिनु पर्ने माग गरिएको छ । असोज ३१ गतेदेखी परेको बेमौसमी वर्षाले उक्त क्षेत्रका १५ घरपरिवारहरु पूर्णरुपमा विस्थापित भएका छन भने, अन्य बाँकी घरपरिवारहरु पनि विस्थापित हुने अवस्थामा रहेको भीमदत्त नगरपालिका ९ का अध्यक्ष राम नाथले बताए । कार्तिक २ गते राति महाकाली तटिय क्षेत्रमा रहेका करिव १५ देखी २० परिवारहरुलाई अन्यत्र सारिएको उनले बताए ।
अहिले उनिहरुको घरबास उब्जनी हुने जमिन र धानहरु सबै बाढीले सखाप पारेकोले अहिले आफनो आफन्तहरुको शरणमा बस्न बाध्य रहेको उनले बताए । “विगतका दिनमा २०६४,२०७० साल र अहिले पनि उक्त क्षेत्रमा बस्ती भित्र महाकालीको बाढी पसेको छ ।” उनले भने, “अब आउने भविस्यमा पनि फेरी बाढी नआउला भन्न नसकिने अवस्थामा, उक्त क्षेत्रमा रहेका १ सय बढी घरपरिवार जोखिममा रहेका लाई अन्यत्र पूर्नस्थापना गरिनु पर्ने वडा अध्यक्ष नाथको भनाई रहेको छ ।” तत्कालको अवस्थामा खल्ला र मुसेट्टीका १ सय १० परिवारलाई अन्यत्र सारिनु पर्ने रहेको उनले जोड दिए । महाकालीको बाढी बस्तीमा पस्न नदिन १५ देखी १६ किलोमिटर लामो तटबन्द निर्माण गरे पछि मात्रै बस्ती जोगाउन सकिने र अन्यथा अब आउने बर्षातको समयमा बस्ती नै बगाउने डर रहेको उनले बताए । विगतका दिनहरुमा तटबन्दको लागि आग्रह गरिएपनि बरोडौको बजेट आवस्यक पर्ने भएपछि आफनो आग्रहको सुनवाई पनि नभएको उनले बताए ।
आफनो घरवार खेत जमिन सबै महाकालीको बाढीले बगाए पछि अहिले आफन्तको घरमा बसेको पिडित स्थानीय बिमला बमले बताईन् । यो बेलामा स्थानिय सरकार, लगायत अन्य कसैले पनि राहत सहयोग नगरेको उनले दुखेसो गरिन् । “कहाँ जाने, के खाने, बाल बच्चा तथा अन्यलाई गासबासको पनि जोहो गर्न अब के गर्ने भन्ने चिन्ताले पिरोल्छ ।” उनले भनिन् “यो ठाँउबाट अन्यत्र पनि जानको लागि सरकारले व्वस्था गरिदिए राहत मिल्ने थियो, हरेक साल आउने बाढीको पिडाले मर्नु भन्दा अन्यत्र बासको व्यवस्था गरि दिए हुने थियो । यस्तै, पिडा स्थानिय कृष्ण चन्दको पनि रहेको छ,आफनो घर जमिन तथा अन्नबाली गुमाएका उनले विपदको यो समयमा आफुले सर्वस्व गुुमाउदा निकै पिडामा रहेको बताए । “अहिले आफन्त कहाँ बसिरहेका छु ।” उनले भने, “यो बाढी ग्रस्त क्षेत्रमा बसेर अब केही हुँदैन् ।” “अर्काको घरमा कतिञ्जेल बस्ने हो थाहा छैन्, म लगायत अन्य बाडी पिडितहरुलाई सरकाले सुरक्षित ठाँउमा बसोबासको व्यवस्था मिलाई दिन पाए राम्रो हुने थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी