२०८१ मंसिर २२, शनिबार
कञ्चनपुर:
कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या २ सय नाघ्यो महेन्द्रनगर । कञ्चनपुरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको ज्यान गएको हो । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ की ५८ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन् । स्वासप्रस्वासमा समस्या भएपछि थप उपचराको लागि सेती प्रादेशिक अस्पतालमा लगिएको र उनको भेन्टिलेटरमा राखेर उपचार भई रहेको उनले बताए । कञ्चनपुरमा अहिले सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय १ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी