२०८१ भाद्र ३१, सोमबार
महेन्द्रनगर:
गत साताको आईतवार देखी परेको अविरल वर्षाले अवरुद्ध भएको केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ । एक सातादेखि अवरुद्ध डडेल्धुरा–डोटी जोड्ने डा केआईसिंह राजमार्ग सञ्चालनमा आएको हो । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अवरुद्ध बनेको राजमार्ग सोमबार दिउँसोदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवाखोला नजिक करिब ३ सय मिटर जति नै सडक भत्किएपछि सो राजमार्ग अवरुद्ध भएको थियो । अरुद्ध सडक मर्मत पछि सञ्चालनमा आएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवातजावत रोकिएको थियो । सयौं सवारीसाधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए । राजमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन र यात्रु गन्तव्यतिर लागेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी