• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • अपराध गतिविधि
  • प्रविधि
  • हाम्रो समाजमा
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १०, बुधबार
ट्रेन्डीङ्ग
PaschimaajaRashifalराशिफलRaashifalPawanaujiKanchanpurSubashthapaDanceBinita
  • गृह
  • समाचार
  • अर्थ/कृषि
  • प्रविधि
  • अपराध गतिविधि
  • मनाेरञ्जन
  • राशिफल
  • अन्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता
    • हाम्रो समाजमा
    • जनप्रतिनिधि संवाद
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • बन/पालिका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती (प्रदेश नं. ३)
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी (प्रदेश नं. ४)
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
  • लुम्बिनी (प्रदेश नं. ५)
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम
  • कर्णाली (प्रदेश नं. ६)
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम (प्रदेश नं. ७)
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

२

महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

३

तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

४

शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

५

बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

६

मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

७

संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

८

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

९

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

१०

लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

११

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

१२

एसिया कपमा सतक र चार बिकेट लिए एक लाख

बन/पालिका

१

गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

२

प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

३

अटोको ठक्कर बाट वृद्धको ज्यान गयो

४

कञ्चनपुरमा करेन्ट लागेर वृद्धको ज्यान गयो

५

स्थानीय मिलेर सडक सरसफाइ

६

जिल्ला भरी बिधालय बन्द गरेर शिक्षक आन्दोलनमा

७

प्रहरी नियन्त्रणमा रहेका शिक्षक जोशीमाथि मरणाशन्न हुने गरी कुटपिट

८

कुतियाकवर बस्तीका ४२ घरको छानामा रातो झण्डा

९

भीमदत्त ८ मा निःशुल्क एम्बुलेन्स सेवा दिने मिश्रको घोषणा

१०

एमाले नेता जोशीले भने, ‘कुनै गल्ती नगरेर पाटीबाट निष्कासन क्या गजब !

११

बेलौरीबाट खैरो हिरोईन सहित दुई जना पक्राउ

१२

महाकाली नदीको भंगालो कुतियाकवर बस्तीमा पस्यो : खेतवारीमा उद्धार टोलीको किस्ती चल्यो

प्रकाशित मिति: २०७८ कार्तिक ९, मंगलबार (१ साल अघि)

कैलालीका किसान टुसाएको धानबाली देखाएर राहत माग्दै, ‘राहत दिने कोही छन्कि हजुर,

  • ३३९ पटक पढिएको
  • कैलाली:

    ‘राहत दिने कोही छन्कि हजुर, यो तस्बीर सञ्चार माध्यममा हाल्दिनु पयो,’ केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेका आग्रह हो यो । आफ्नो खेतमा बिग्रेर टुसाएको धानबालीको मोबाइलमा खिचिएको तस्बीर देखाउँदै उनले दुःखेसो गरे, ‘यस्तो नसोचेको विपत्ति पहिलो पटक अनुभव भयो, धानबाली नष्ट हुँदा धेरै किसानमा यसपाली भोकमरी हुने देखियो ।’ दक्षिण पूर्वी उक्त गाउँपालिकामा रहेको छ बिघा खेतमा काटेर सुकाइएको धान भित्र्याउन नपाउँदै भएको वर्षाले बाली भिजेर टुसाएपछि उनी यतिबेला राहतको खोजीमा छन् । कैलालीको गोदावरी गाउँपालिकाका किसान भोजराज बडूको डुबानमा परेको दश कठ्ठाखेतको पूरै धानबाली पनि टुसाएको छ । ‘कात्तिक महिनामा पनि यसअघि कहिल्यै नदेखिएको डुबान, बाढीपहिराको बितण्डा देख्नुप¥यो,’ उनले दुःखेसो सुनाए, ‘घरमा केही परिमाणको पुरानो धान छ, तर त्यसले वर्षभरी खान पुग्ने देखिँदैन, राहतका लागि वडा कार्यालयमा निवेदन दिने तयारीमा छु ।’ उनीहरुको जस्तै पीडा यतिबेला सुदूरपश्चिम प्रदेशका धेरै किसानको छ । पीडाबीच धेरै किसान भिजेर खेतमै टुसाएको धानबाली थन्क्याउनमा लागेका छन् । ‘खेतमा भएको डुबानले धानबाली लगाउँदा गरिएको लगानी खेर गयो’, अर्का किसान मनिराम चौधरीले भने, ‘मेहनत र परिश्रम खर्च भएकाले कुहिएको धान पराल सहित सडे पनि बाली नसिमोट्दा चित्त बुझ्दैन् । ’केही दिनअघिको अविरल वर्षासँगै भएको डुबानका कारण प्रदेशमा धानबालीमा पुगेको क्षतिपछि किसान चिन्तित हुँदै राहतको पर्खाइमा छन् । प्रदेशमा झण्डै २५ हजार हेक्टर जग्गाको धानबाली नष्ट भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुमान छ । ‘डुबानका कारण प्रदेशमा भएको क्षतिको एकीन विवरण स्थानीय तहसँग समन्वय गरेर सङ्कलन गरिरहेका छौं’, मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहराले भने, ‘खेतमा पानी जम्दा धानबालीलाई मात्र असर गरेका छैन, आउने हिँउद याममा गरिने गहुँबालीको खेती पनि प्रभावित हुने देखिएको छ ।’ डुबानका कारण तोरीबाली र तरकारी बालीमा समेत असर पारेको छ।क्षतिबाट प्रभावित हुनेका लागि राहत कार्यक्रम दुई प्याकेजमा ल्याएर वितरण गर्ने मन्त्रालयको योजना छ । ‘अहिलेको डुबानले धान, तोरी र तरकारी बालीमा पुगेको क्षतिबाट प्रभावितलाई राहत दिनुपर्ने देखिएको छ’, बोहराले भने, ‘हिँउदे यामको गहुँखेती गर्नेलाई पनि मल, बीउ, रसायनिक मलको सहज आपूर्ति र सहुलियत पनि दिनुपर्ने देखिएको छ ।’ बालीमा क्षति पुगेका किसानलाई प्रति बिघा रु आठ हजारका दरले राहतबापत् नगद दिन सकिने मापदण्ड मन्त्रालयको छ । अहिले पुगेको क्षतिको मात्राको अवस्थालाई मध्यनजर गरी यो मापदण्ड हेरफेर हुनसक्ने बताइएको छ। प्रभावित किसानलाई राहत के कति दिने, कसरी दिने भन्ने विषयमा मन्त्रालयले तयारी गरिरहेको छ । नदी आसपासका ठूलो क्षेत्रफलको खेतमा काटेर थुपारिएको धानबाली अचानक आएको बाढीले बगाएको थियो भने अन्य क्षेत्रको जग्गामा भएको डुबानले बाली पानीमै तैरिएको थियो । जमेको पानीमा तैरिएको धानबाली हेर्दै किसान अब भोकमरी हुने भन्दै चिन्तित देखिन्छन् । तराईका जिल्लाको तुलनामा प्रदेशका पहाडी जिल्लामा भने धानबालीमा ठूलो क्षति पुग्न पाएको छैन् । पहाडमा पहिरो तथा बाढी, नदीकटानको समस्या र तराईमा डुबान तथा नदी कटानको समस्या बढी देखिएको थियो । बालीमा पुगेको क्षतिबाट देशको आर्थिक अवस्थामा पनि प्रतिकूल असर पर्ने देखिएको छ । धान उत्पादनका पकेट क्षेत्रका रुपमा रहेका कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान प्रदेशका सात पहाडी जिल्लाका अलावा देशका अन्य भागमा निर्यात हुने गर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रभावित क्षेत्रमा केही दिनअघि क्षतिको स्थलगत निरीक्षण अवलोकन पछि भने पीडामा बसेका जनतालाई केही आशा पलाएको छ । ‘प्रधानमन्त्रीको भ्रमणपछि पीडित किसानमा राहत पाउने आसा पलाएको छ’, धनगढी उपमहानगरपालिकाका किसान रमेश रानाले भने यही गत असोर ३१ गते रातिदेखि लगातार चार दिनसम्म परेको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानले प्रदेशमा आजसम्म मृत्यु हुनेको सङ्ख्या ३७ पुगेको छ भने २२ जना बेपत्ता छन् । रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १0 घण्टा अघि

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २ दिन अघि

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • १ हफ्ता अघि

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • १ हफ्ता अघि

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • समाचार
  • १

    दीपेन्द्रले तोडे युवराजको कीर्तिमान

  • २

    महेन्द्रनगर बजार अनुगमन, म्याद नाघेका सामान बरामद

  • ३

    तिलकसिंह पेलाको आवाजमा ‘देउसरा आईगै’ नयाँ गीत आउदै

  • ४

    शोक विदाका दिन सम्मान थाप्नेमा सशस्त्रका डिएसपी आचार्य पनि, कारवाही हुन सक्ने सम्भावना

  • ५

    बढ्दै डेगुंका बिरामी, बेखबर भिमदत्त नगरपालिका

  • ६

    मानसिक स्वास्थ्य समस्या भएकी युवतीको उद्धार

  • ७

    संविधानसभाका अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

  • ८

    गाउँ पालिका प्रमुखले लगाए पालिका गेटमै ताला

  • ९

    प्रदेश प्रहरी लाई ठूलो सफलता भारी मात्रामा लागुऔषध सहित एक जना युवक पक्राउ

  • १०

    लागुऔषध सहित सडक कार्यालयका सब इन्जिनियर पक्राउ

  • सामाजिक सञ्जालबाट
    १

    एनआरएनए युएइको सचिबमा ,सिन्धुपाल्चोकका कुमार श्रेष्ठको उम्मेद्वारी

    पश्‍चिम आज
    २

    ४० ग्राम लागु औषध (खैरो हिरोईन) सहित ३ जना पक्राउ

    पश्‍चिम आज
    ३

    बुधवार १ सय ७२ जनामा संक्रमण पुष्टि,भीमदत्तका २९ जनामा कोरोना

    पश्‍चिम आज
    ४

    वडा वासि र महिलाको हितमा बोलेर सेवा गरिरहने मेरो कर्तव्य हो: अध्यक्ष थापा

    Paschimaaja
    ५

    कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

    ०.६३ प्रतिशतको ज्यान
    ६

    शशांक कोइराला अस्पतालबाट डिस्चार्ज

    पश्‍चिम आज
    ७

    मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनु पर्छ : राष्ट्रपति

    पश्‍चिम आज
    ८

    जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

    पश्‍चिम आज

    www.paschimaaja.com

    अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित

    पश्‍चिम आजडट कम का लागि

    मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर

    [email protected]

    सम्पर्क फोन- +977-9865666008

                                         9810770077

    आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६

    सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९

    हाम्रो टीम

    अध्यक्ष: केशव राज गिरी

    प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • मनाेरञ्जन
    • गोपनियता
    • प्रईभेसी/पोलिसी
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ पश्‍चिम आज मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution