२०८० जेष्ठ २५, बिहिबार
महेन्द्रनगर ।
महाकाली नदीको बाढीमा फसेका कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका पाँच जनाकोे उद्धारको लागि सुरक्षाकर्मीको टोली पुगेको छ ।
बोर्डर आउट पोष्ट (बिओपी) खल्ला र प्रहरी चौकी ब्रह्मदेवबाट सुरक्षाकर्मीको उद्धार टोली मसेट्ट पुगेको हो । ‘हामी बर्खरै मानिसहरु फसकेको ठाउँमा पुगेका छौँ । मसेट्टी र टुडीखेलबीचको काली खोलामा पानीको बहाब बढि थियो ।’ उद्धार टोलीमा रहेका एक जना सुरक्षाकर्मीले भने, ‘जसोतसो त्यो तरेर यहाँ पुगेका छौँ ।’
महाकालीमा पानीको बहाब उच्च हुँदा उद्धारको कठिनाइ भइरहेको उनको भनाई छ ।
बाढीमा फसेकाको उद्धारको प्रयास भइरहेको उनले बताए ।
अबिरल वर्षाले महाकाली नदीमा पानीको बहाब बढे पछि नदी किनारमा कुखुरा खोर कुर्न गएका पुष्कर नायक, दीर्घमती खड्का, शान्ती नायक, असोक नायक र अजय नायक बाढीमा फसेका छन् । सोमबार राती देखि बाढीमा फसेका उनीहरु रुखमा बसेका छन् ।
यता डुबानमा फसेकाहरुको उद्धारको लागि आउने तयारी गरेको हेलिकप्टरको उडान प्रभावित भएको छ ।
सुर्खेतबाट आउने भनिएको नेपाली सेनाको हेलिकप्टर प्रतिकुल मौसमका कारण अहिलेसम्म त्यहाँबाट उड्न सकेको छैन ।
मौसममा आएको खराबीका कारण उद्धारको लागि हेलिकप्टर उड्न नसकेको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन ।
‘उद्धारको लागि हेलिकप्टरलाई बिहानै खबर गरिएको थियो । तर त्यहाँको मौसम पनि खराब हुनाले हेलिकप्टर आउन सकेको छैन ।’ उनले भनिन्, ‘दुई तीन पटक हेलिकप्टर उड्दै, बस्दै गरेको छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: भुपी उपाध्याय
प्रधान सम्पादक: लाल बहादुर धामी
सह-सम्पादक: केशव राज गिरी