२०८१ भाद्र ३१, सोमबार
दार्चुला:
यस बर्षको दृस्टी दिवसको नारा `आफ्नो आखालाइ माया गर´ रहेको छ।सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहिबारलाई आईएपीबीले विश्व दृष्टि दिवसकोरुपमा मनाउँदै आएको छ ।नेपाल पनि अन्धोपन निवारण कार्यमा संलग्न अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन (आईएपीबी) को एक सदस्य राष्ट्र हो। यस दिवसको मुख्य उद्देश्य प्रमुख अन्तर्राष्ट्रिय स्वास्थ्य समस्याको रुपमा रहेको पूर्ण वा आँशिक दृष्टिविहिनता तथा दृष्टिदोषको न्यूनीकरणका लागि सबै सरोकारवालाहरु लाई राष्ट्रिय अन्धोपन निवारण कार्यक्रममा अझ बढि एकतावद्ध र संगठित भएर ठोस नीति र योजनाका साथ क्रियाशील हुन अभिप्रेरित गर्नु रहेको छ । साथै, लक्षित वर्गलाई अन्धोपन निवारण कार्यक्रम बारे सचेतना अभिबृद्धि गराई उक्त कार्यक्रममा व्यापक जनसहयोग र समर्थन प्राप्त गर्न अभिप्रेरित गर्नु रहेको छ । विश्वका करिब दुई अर्ब २५ करोड मानिसमा आँखाको समस्या रहेको र करिब चार करोड मानिसमा अन्धोपन रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ। जसमा एक अर्ब बढी मानिसमा दृष्टिदोष मात्र रहेको छ जुन सामान्य उपचारबाट समेत निको हुनसक्छ । तर, लापरबाही गर्नाले र सबै ठाउँमा उपचारको सहज पहुँच नहुनाले यो समस्या झन विकराल बन्दै गएको छ। नेपालमा अनुमानित एक लाख मानिस दृष्टिीविहिन छन् भने दश लाखभन्दा बढी मानिस दृष्टिदोषको समस्याबाट ग्रसीत छन्। जसमा ६६ प्रतिशतको अन्धोपन उपचार गर्न सकिने किसिमका छन् । विश्वभर अन्धोपनाको मुख्य कारणमा मोतिविन्दु रहेको छ। मोतिविन्दु सम्बन्धी ६५ प्रतिशत घटना रहेको भेटिएका छन् । त्यस्तै आँखाको नानीमा हुने अन्धोपना ६ प्रतिशत, जलविन्दु ५ प्रतिशत, दृष्टिदोष ४ प्रतिशत र अन्य ७ प्रतिशत रहेको छ। विशेष गरी ५० वर्ष नाघेका व्यक्तिहरूमा आँखाको समस्या बढी मात्रामा देखिए पनि सबै उमेर समूहका व्यक्तिलाई आँखाको समस्या हुन सक्छ। आँखाको समस्या हुनुमा मधुमेह रोग एउटा मुख्य कारक तत्वको रुपमा रहेको छ। विश्वमा प्रत्येक ८ जना आँखाको विरामी मध्ये एक जना मधुमेहका बिरमी रहेका छन्। नेपालमा पनि चारजना आँखाका बिरामीमध्ये एकजनामा मधुमेह रोग रहेको तथ्यांक रहेको छ। त्यस्तै उच्च- रत्तचाप भएका बिरामिहरुलाइ पनि आखाको प्रदामा समस्या आउन सक्छ। नेपालमा कुल दृष्टिविहिनहरुमध्ये ६६ प्रतिशतको दृष्टिविहिनतालाई उपचारका माध्यमबाट नै निवारण गर्न सकिन्छ भने १६ प्रतिशतको दृष्टिविहिनता रोकथाम गर्न सकिने खालको रहेको छ । सन 1981 मा केबल एउटा आँखा अस्पताल भएको नेपालमा आजका दिन सम्म देशभरी नेपाल आँखा कार्यक्रम (NEP )द्वारा सन्चालित तिलगंगा आँखा प्रतिस्ठान ,आँखा दान केन्द्र ,लेन्स बनाउने कम्पनी लगायत अन्य विभिन्न जिलामा 14 ओटा सामुदायिक आँखा केन्द्र साथै ग्रामीण आँखा केन्द्रहरु त्यस्तै नेपाल नेत्र ज्योती संघ द्वारा सन्चालित 22 ओटा आँखा अस्पताल ,128 उपचार केन्द्र तथा 42 ओटा जिल्ला आँखा केन्द्रहरु त्यस्तै लायन्स क्लब तथा अन्य क्लबहरुद्वारा सन्चालित आँखा अस्पतालहरु लगायत देशभरी निजि रुपमा खुलेका आँखा अस्पताल तथा आँखा क्लिनिकहरुले सेवा दिइरहेका छन। नेपालका मात्र नभै बिदेशबाट पनि आखाको उपचार गर्न नेपाल आउने बिरामिहरु धेरै नै छन। नेत्र उपचारका हिसाबले नेपाल दक्षिण एसिया क्षेत्रमै उदाहरणिय देश हो। एसियाकै नोबेल पुरस्कार मानिने रोमन म्यासेसे पुरस्कार नेपालकै छोरा मोतिबिन्दुको चिकित्सापध्दति ‘रुईतेक्टोमी’का सुरुवातकर्ता डाक्टर सन्दुक रुइतलाई सन 2006 ,पद्मश्री पुरस्कर – भारत सरकारद्वारा सन् २०१८मा प्रदान गरिएको थियो। यो सम्मानले नेपालको आँखा स्वास्थ्य क्षेत्रको बिकासको प्रतिनिधित्व गर्दछ। आँखा स्वास्थ सहरमुखी हुनाले बिकास भए अनुसार सम्पुर्ण जनताले सेवा पाइराखेका छैनन। आँखा सेवालाइ ग्रामीण भेगमा बसोबास गर्ने मानिसहरुको पहुचमा पुर्याउने नेपाल सरकार स्वास्थ मन्त्रालयको नीति अनुरुप नेपालमा आँखा सेवाको सर्बोच्च निकाय(Apex body for Eye Health)का सम्पुर्ण सदस्यहरुले छिटो भन्दा छिटो स्थानीय तहहरु तथा स्थानिय संघ सस्थाहरुसङ्ग समन्वय गरि समुदाय स्तरमा सेवाको पहुच पुर्याउनु आबस्यक छ। यसो गर्दा शल्यक्रिया शिबिरमा शल्यक्रिया गरेका बिरामिहरुको Follow up तथा नियमित जाचहरु हुनेगर्छ जसले गर्दा Intra ocular lense(IOL) को प्रभावकारितामा टेवा पुग्ने छ। साथै अन्धोपन निवारण र दृस्टी दोशको सामान्य उपचार बाट भबिस्यमा पार्ने असर कम गर्न सकिनेछ। आँखा सम्बन्धि विशेष जानकारी नभएका नेपाल भरिका स्वास्थ्यकर्मिहरु,शिक्षक तथा स्वयंसेविकाहरुलाइ आधारभुत आँखा उपचारतालिम दिने गर्यो भने आखाको समस्या पहिचान गरेर आँखा उपचार हुनेठाउमा बिरामी आउने सल्लाह पाउने थिए।नेपाल सरकारले पनि स्वास्थ चौकीमै सङ्गै आखाको छुट्टै बिभाग बनाएर सेवा दिन थाल्न सक्यो भने आँखा स्वास्थ क्षेत्रमा आमूल परिबर्तन आउने थियो। सबैका आँखा सधै स्वस्थ्य रहिरहुन।आफू मरे पछि आँखा दान गर्ने परिपाटिको बिकास गरौ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी